जनता टाइम्स

१८ जेष्ठ २०७९, बुधबार ०८:४०

क्वाडको घेरावन्दीमा चीन


क्वाड सम्मेलनको केन्द्रविन्दुमा चीन रहेको छ । हुनतः क्वाडका उच्च नेतृत्वहरूले यो तर्कलाई खण्डन गरेको छ । तर प्रमाणको आधारमा पुष्टि गर्न सकिन्छ कि क्वाडका मुलुकहरूलाई चीनको दव दवा दक्षिण चीन सागरमा मन्जुर छैन । संसारको ३३ प्रतिशत व्यापारिक कारोवार हुने यो सामुद्रिक मार्गमा चीनले सैन्य भण्डारण गरिरहेको छ

विपिन देव

भर्खरै मई २४ २०२२ मा क्वाडका राष्ट्र प्रमुखहरू बिच भएको शिखर सम्मेलन जापानको राजधानी टोकियोमा सम्पन्न भएको छ । क्वाडको अवधारणा सन् २००४ मा सुरु भए तापनि यसको सक्रियता विश्व राजनीतिक र कूटनीतिक मञ्चमा सन् २०१७ देखि बढेको जापान, अष्ट्रेलिया, अमेरिका र भारतको छाता सङ्गठन क्वाडको परराष्ट्रमन्त्री स्तरीय सम्मेलन २०१७ नोवेम्वरमा सम्पन्न भएको थियो । सन् २०१९, सन् २०२१ र सन् २०२२ मा पनि क्वाड सदस्यहरू बिच उच्च स्तरीय वैठक समापन भएको छ । सन् २०२२ को टोकियो सम्मेलनको गाम्र्भीयता र उपादेयतालाई विश्व सञ्चार गृहहरूले यथोचित स्थान दिनुको पछाडि धेरै आयामहरू छन् ।

शिखर सम्मेलनमा अमेरिकी राष्ट्रपति जोन वाइडेन चीनप्रति आक्रामक देखिएका थिए । चीनले कुनै किसिमको हर्कत ताइवानमा गरेको खण्डमा अमेरिकाले प्रतिउत्तर गर्न सक्ने वाइडेनको भनाई थियो । क्वाड सम्मेलनको सेरोफेरोमा नै चीनियॉ गुरुयोजना खोपिया एजेन्सीले सार्वजनिक गरेको थियो । ताइवानलाई चीनले आप्mनो चपेटामा लिने १ लाख ४० हजार सैनिक परिचालन गर्ने सक्ने समाचार सूत्रले खवर सार्वजनिक गरेको थियो । अर्को चीनिया परराष्ट्र मन्त्री क्वाड प्रति आक्रोस प्रकट गरेका थिए । क्वाडलाई सामुद्रिक ज्वारभाटा, एसियन नाटो र शित युद्धको थालनी गर्न सक्ने जस्तो उपमा चीनियॉ परराष्ट्र मन्त्री वाङ्ग झीले गरेका थिए । साथ साथै क्वाडको समीकरणलाई उनले गठजोडको रुपमा व्याख्या गरेका थिए । विगतका दिनमा स्यालेमन टापुको विवादले चीन र अष्ट्रेलियाको कटुता बढेकोले गर्दा चीन क्वाडप्रति वढी आक्रमक देखिएको, स्यालेमन टापुमा अष्ट्रेलियन प्रभावलाई न्यूनीकरण गर्न चीनले व्यापक सैन्य भण्डारण उक्त टापुमा गरिरहेको अवस्था छ ।

क्वाड सम्मेलनको केन्द्रविन्दुमा चीन रहेको छ । हुनतः क्वाडका उच्च नेतृत्वहरूले यो तर्कलाई खण्डन गरेको छ । तर प्रमाणको आधारमा पुष्टि गर्न सकिन्छ कि क्वाडका मुलुकहरूलाई चीनको दव दवा दक्षिण चीन सागरमा मन्जुर छैन । संसारको ३३ प्रतिशत व्यापारिक कारोवार हुने यो सामुद्रिक मार्गमा चीनले सैन्य भण्डारण गरिरहेको छ । दक्षिण चीन सागरमा गैरकानुनी ढङ्गले माछा लगायत खनीज पर्दाथहरूको दोहनसमेत चीनले गरिरहेको छ । क्वाड सम्मेलनको संयुक्त विज्ञप्तिले अन्तरिक्षवाट चीनियॉ गतिविधिलाई निरिक्षण गरी तटवर्ती राष्ट्रहरूलाई आवश्यक सूचना र सुरक्षा प्रवाह गर्ने प्रतिवद्धता समेत जाहेर गरेको छ । आसियानका मुलुकहरू खास गरेर मलेशिया, इण्डोनेशिया भियतनाम चीनियॉ गतिविधिले गर्दा आक्रान्त रहेको छ । सन् २०२२ को क्वाड शिखर सम्मेलनले चीनको वि.आर.आए. (रेशम मार्ग) को योजनालाई निस्तेज गर्न आवश्यक तयारी समेत गरेको छ ।

चीनको, भीमकावी आर्थिक योजनालाई भारतका पूर्व राजदुत दीपक वोहराले नयॉ आर्थिक साम्राज्यवादको संज्ञा दिएका छन् । अर्थात् चीनियॉ आर्थिक लगानीले विश्वका गरिब मुलुकहरू दिन प्रतिदिन ऋणको चपेटामा परिरहेको अवस्था छ । यसको प्रतिउत्तरमा क्वाडको अगुवायी हिन्द महासागरीय आर्थिक संगठनको निर्माण भएको छ । क्वाडका सदस्यहरू उक्त संगठनलाई अगाडि बढाउन ५० विलियन अमेरिकी डलरको कोष समेत घोषणा गरेको छ । प्रविधिको क्षेत्रमा चीनको बढ्दो प्रभावलाई रोक्न अमेरिका, भारत, अष्ट्रेलिया र जापानले फायव जी, आरफीसियल इन्टेलिजेन्स लगायत संवेदनशिल प्रविधिमा पनि सहकार्य गर्ने प्रतिवद्धता जाहेर गरेको छ । विगतका दिनहरूमा चीन र भारत टु जी र थ्री जीमा सहकार्य गरेका थिए । तर सन् २०१३, सन् २०१४ सन् २०१७ र सन् २०१९ मा चीन र भारत बिचको सैनिक टकराहटले गर्दा भारत चीनियॉ प्रविधि र लगानीप्रति उदासीन रहेको छ ।

क्वाड शिखर सम्मेलनलाई जानकारहरूले विभिन्न दृष्टिकोणवाट व्याख्या गरेका छन् । भारतका सामरिक जानकार र हाल सिंगापुरका प्राध्यापक डा. राजमोहनले क्वाडको सफलतालाई त्रिकोणात्मक ढङ्गले ख्याख्या गरेका छन् । युक्रेन युद्ध पछाडि भौतिक रुपमा वाइडेन र मोदीको टोकियामा पहिलो भेट थियो । युक्रेन रसिया र युक्रेन बिच भएको युद्धमा भारतको तटस्थतालाई अमेरिकी समाचार गृहहरूले आलोचना गरिरहेको अवस्थामा भारत र अमेरिकाको सम्वन्ध चिसिन सक्ने जानकारहरूको आकलन थियो । तर क्वाड शिखर सम्मेलनका विच दिपक्षिय वार्ताद्वारा मोदी र वाइडेनले आफ्नो सम्वन्धलाई सघन बनाएका छन् । क्वाडको दोस्रो सफलताको रुपमा क्वाडको हिन्द महासागरीय नीतिलाई डा. राजमोहनले लिएको देखिन्छ । सन् १९९२ देखि नै अमेरिका र भारतले हिन्दमहासागरीय क्षेत्रमा संयुक्त रुपमा सैनिक अभ्यास गरिरहेको इतिहास छ । हिन्द महासागरीय क्षेत्र विश्व व्यापारको जीवन्त रेखा भएकोले गर्दा त्यसमा सामुद्रिक कानुन र सुरक्षाको पूर्ण रुपमा पालना हुनु पर्ने क्वाडको सङ्कल्प रहेको छ । सङकल्पलाई प्रत्याभूति गर्न हिन्दमहासागरीय क्षेत्रमा आवश्यक सूचना आदानप्रदान गर्ने सैन्य रुपमा बलियो हुन समेत क्वाडका राष्ट्रहरूले प्रतिवद्धता जाहेर गरेका छन् ।

सुरुका दिनमा क्वाडलाई आर्थिक कारोवार गर्ने मञ्च भनिएता पनि यसको गतिविधि बढिरहेको अवस्था छ । क्वाडको प्रमुख सफलता नै कोरनाको एक विलियन खोप उपलब्ध गराउनु हो । अमेरिकी पूजी, जापानी प्रविधि, अष्ट्रेलियन वितरण प्रणाली र भारतीय उत्पादन क्षमताले नै गर्दा हिन्द महासागरीय क्षेत्र लगायत अफ्रीकी राष्ट्रहरूलाई कोरना खोप उपलब्ध गराइएको छ । आउने दिनमा मानव कल्याणका लागि साइवर सुरक्षा वातार्, हरित प्रविधि, पर्यावरण लगायत विभिन्न क्षेत्रहरूमा क्वाडले सहकार्य गर्ने समेत यो शिखर सम्मेलनले अठोट गरेको देखिन्छ ।