जनता टाइम्स

१८ जेष्ठ २०७९, बुधबार १०:०५

टोखा नगरको सह्रानीय निर्णय, अभिभावकविहीन बालबालिकालाई निःशुल्क शिक्षा दिने


काठमाडौं, जेठ १८ । काठमाडौंको टोखा नगरपालिकाले अभिभावकविहीन बालबालिकालाई निःशुल्क शिक्षा दिने भएको छ । मंगलबार बसेकोनगर कार्यपालिकाको बैठकले नगरपालिकाभित्र बस्ने अभिभावकविहीन बालबालिकालाई निःशुल्क शिक्षा दिन लागेको हो । नगरप्रमुख प्रकाश अधिकारीका अनुसार अभिभावकविहीन विद्यार्थीले माध्यमिक तहसम्मको शिक्षा निःशुल्क पढ्न पाउने छन् ।

बैठकले अरु निर्णय पनि गरेको छ । ५ वर्षभित्र टोखालाई प्लाष्टिकमुक्त नगरपालिका बनाउने निर्णय उहाँले जानकारी दिनुभयो । बैठकले विभिन्न विषयगत समिति गठन गरेको छ । आर्थिक समिति, सामाजिक समिति, विपद् तथा वातावरण समिति, पूर्वाधार विकास समिति र संस्थागत विकास समिति गठन गरिएको प्रमुख अधिकारीले जानकारी दिनुभयो ।

दोस्रो कार्यकालका लागि नगरप्रमुख निर्वाचित हुनुभएका अधिकारीले पहिलो कार्यकार्यकालमा राम्रो काम गरेर चर्चामा आउनुभएको थियो ।