शान्त पहरी,टोकियो । रेमिट्यॉन्स कम्पनी जापान मनि एक्सप्रेसले टोकियोको शिन(ओकुबोमा दोश्रो शाखा विस्तार गरेको छ । सोमवार एक कार्यक्रमबीच शाखाको औपचारिक समुद्दघाटन सम्पन्न भएको हो ।
‘हामी बाटै पठाऔं हामि बाटै पाऔ’भन्ने नाराका साथ बिशुद्ध नेपालीको लगानीमा संचालित जापान सरकारको सम्बन्धित निकायमा बिधिबत रुपले दर्ता भइ नेपालीहरुकै पहिलो रेमिट कम्पनि बन्न सफल यस जापान मनि एक्सप्रेस कम्पनि लिमिटेडले बिगत २०१० देखि नेपाल लगाएत संसारको बिभिन्न मुलुकमा बिप्रेषण सेवा उपलब्ध गराउदै आइरहेको कम्पनीका अध्यक्ष ओम गुरुङ्ले बताउनु भयो ।
जेएमईले जापानका विभिन्न शहरहरुमा सेवा सुबिधा विस्तार गर्नेक्रममा नेपाली लगायत विदेशीहरुको जनघनत्व भएको जापानको टोक्योस्थित शिनओकुबोमा दोश्रो शाखा आज जुलाई १५ बाट संचालनमा ल्याएको छ ।
सो समुद्दघाटन कार्यक्रममा एनआरएनए आइसीसी प्रबक्ता भूषण घिमिरे, एशिया प्यासेफिकका संयोजक किरण थापा, एनआरएनए जापानका अध्यक्ष टाशी वाङ्दी लामा लगाएर जापानका पुरानो ब्यबशायी लगाएत विभिन्न संघसंस्थाको प्रमुखहरुको उपस्थितिमा रिबिन काटेर उद्घाटन गरिएको थियो । सोहि क्रममा नया अफिसबाट बिशेष सहुलियत स्वरूप १ महिना सम्म नि(शुल्क पैसा पठाउन सकिने कम्पनीले जनाएको छ ।
उक्त रेमिट कम्पनीबाट एसियाको प्राय मुलुकहरुको आफ्नो कारोबार संचालन गरि रहेको छ र निकट भविश्यमा अन्य देशरुमा पनि सेवा विस्तार गरीने अध्यक्ष गुरुङले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्