जनता टाइम्स

१९ जेष्ठ २०७९, बिहीबार ०७:१८

इटालीलाई हराउँदै अर्जेन्टिना बन्यो च्याम्पियन


लन्डन, जेठ १९ । लियोनल मेसीको उत्कृष्ट प्रदर्शनको मद्दतले कोपा अमेरिका विजेता अर्जेन्टिनाले युरोपेली च्याम्पियन इटालीलाई वेम्बलीमा बुधबार राति ३–० ले पराजित गर्दै फाइनलमा २०२२ जितेको छ ।

अतुलनीय मेसीबाट प्रभावित अर्जेन्टिनाले पहिलो हाफमा दुई गोल गरेको थियो । यी गोल लउटारो मार्टिनेज र एन्जेडल डि मारियाको नाममा रहे । पउलो डेबालाले अर्जेन्टिनाका लागि तेस्रो गोल थपे । पेरिस सेन्ट जर्मेन ९पीएसजी० का ३४ वर्षीय मेसीले खेलमा सबैको मन जित्ने प्रदर्शन गरे र आफूलाई फेरि एकपल्ट विश्व फुटबलकै उत्कृष्ट खेलाडी साबित गरे ।

अर्जेन्टिनाले कोपा अमेरिका २०२१ मा ब्राजिललाई हराएर उपाधि जितेको थियो र यस वर्ष कतारमा हुने विश्वकपका लागि पनि छनोट भइसकेको छ । अर्जेन्टिनाले २८ वर्षको पर्खाइपछि कोपा अमेरिका जितेको थियो । अहिले ३२ खेलको अपराजित यात्राबाट गुज्रिरहेको अर्जेन्टिना विश्वकप उपाधिका लागि पनि बलियो प्रत्यासी बनेको छ ।