जनता टाइम्स

१९ जेष्ठ २०७९, बिहीबार १२:१०

बजेटले थप संकट ल्याउँछ : सांसद ज्ञवाली


काठमाडौं, १९ जेठ । एमालेका सांसद प्रदीप ज्ञवालीले संसदमा छलफल भइरहेको आगामी आर्थिक वर्षको बजेट थप आर्थिक संकट निम्त्याउने किसिमको रहेको बताउनुभएको छ । प्रतिनिधिसभाको आज बसेको बैठकमा आर्थिक वर्ष २०७९/०८० को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफलमा सहभागी हुँदै उहाँले बजेटले आर्थिक स्थिरताभन्दा पनि थप संकटको पुनरोत्पादन गर्ने दाबी गर्नुभयो ।

बजेटले उत्पादन वृद्धि गर्न नसक्ने हुँदा सरकारी कोषमा पैसा नहुने भन्दै ज्ञवालीले साथै व्यापार घाटा पनि घटाउन नसक्ने जिकीर गर्नुभयो । अर्थमन्त्री जनार्दन शर्माले जमिन नटेकी बजेट ल्याएको टिप्पणी गर्दै उहाँले यसअघि एमाले सरकारले ल्याएको कार्यक्रम पनि नसमेटिएको बताउनुभयो ।