काठमाडौं, जेठ २० । काठमाडौंको फोहोर व्यवस्थापनसँगै स्थानीय सरोकारका विषयमा छलफल गर्न काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन साह र उपमेयर सुनिता डंगोल सिसडोल पुग्नुभएको छ ।
सहरी विकासमन्त्री रामकुमारी झाँक्रीसँग बिहिवार भएको भेटघाट र छलफलपछि स्थानीयका समस्या र पूर्वाधार विकासबारे अध्ययन गर्न सिसडोल आएको उपमेयर सुनिता डंगोलले जानकारी दिनुभयो । मेयर साह र उपमेयर डंगोलले काठमाडौंको फोहोर ब्यवस्थापन र सिसडोलवासीको मागबारे बिहीवार मन्त्री झाँक्रीसँग छलफल गर्नुभएको थियो ।
काठमाडौंको फोहोर व्यवस्थापनलाई प्राथमिकतामा राखेको बताउँदा आउनु भएका मेयर साह चुनाव जितेलगत्तै पनि सिसडोल पुग्नुभएको थियो । आज भने मेयर साह र उपमेयर डंगोल एकैचोटि सिसडोल पुग्नुभएको हो ।
डम्पिङ साइटका कारण निकै समस्या झेल्नुपरेको भन्दै सिसडोलबासी समयसमयमा आन्दोलित हुने गरेका छन । मन्त्री झाँक्रीले भने काठमाडौं महानगरपालिकाकै कर्मचारीका कारण सिसडोलमा आन्दोलन भइरहेको दावी गर्नुभएको छ ।













प्रतिक्रिया दिनुहोस्