जनता टाइम्स

२२ जेष्ठ २०७९, आईतवार २३:१०

सुदूरपश्चिम प्रदेशको नीति तथा कार्यक्रम प्रस्तुत : यस्ता छन् प्रदेश सरकारका प्राथमिकता


धनगढी, २१ जेठ । सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०७९/८० का लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । आज बसेको सुदूरपश्चिम प्रदेशसभाको १०औं अधिवेसनको ५औं बैठकमा प्रदेश प्रमुख देवराज जोशीले प्रस्तुत गरेको नीति तथा कार्यक्रम अनुसार यस्ता छन् प्राथमिकतामा परेका योजनाहरू

  • अति आवश्यक बाहेक नयाँ सवारी खरिद नगर्ने
  • प्रदेशको प्रथम पञ्चवर्षीय योजनाले तय गरेका योजना आवश्यकताका आधारमा अघि बढाइने
  • प्रदेश आत्मनिर्भर अर्थतन्त्रका लागि विशेष कार्यक्रम सञ्चालन गरिने ।
  • प्रादेशिक अर्थतन्त्रको सवलिकरणका लागि स्वदेशि तथा विदेशी लगानी भित्र्याई लगामी मैत्री वातावरण निर्माण गरिने ।
  • पूजिगत खर्च बढाइने ।
  • कार्यान्वयन योग्य आयोजना बैंकमा राखी प्राथमिकताका आधारमा कार्यान्वयन गरिने ।
  • ठूला योजनाको आन्तरिक लेखा परीक्षण गरिने
  • आन्तरिक राजस्व बढाउन करको दायरा बढाइने ।
  • वैदेशिक रोजगारीबाट फर्केका युवालाई लक्षित गरी रोजगार मुलक कार्यक्रम सञ्चालन गरिने ।

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय

  1. प्रदेश सरकार ‘कृषकको अभिभावक’ भन्ने नाराका साथ कृषिमा विद्युत महशुल, भन्सार लगायतका क्षेत्रमा विशेष छुट दिइने ।
  2. कृषि एम्बुलेन्स सञ्चालन गरिने ।
  3. कृषि उत्पादन बढाई आयात घटाउने र निर्यात बढाउने योजना ल्याइने ।
  4. मार्सिको धान खेति विस्तार गरिने ।
  5. केरा दूध, माछा, मासुमा प्रदेशलाई आत्मनिर्भर बन्ने ।
  6. मसिनो र वास्नादार धानको वीउ संरक्षण गरिने ।
  7. उत्पादित कृषि भण्डारणका लागि गोदाम घर निर्माण गरिने ।
  8. ‘आजको लगानी ‘भोलिको आम्दानी’ भन्ने नाराका साथ कृषिमा लगानी बढाइने ।
  9. प्रमुख, सहायक, हलाकी तथा सहायक सडक आसपासमा व्यवसायीक खेति गर्न प्रोत्साहन गरिने ।
  10. ‘आफुलाई चाहिने वीउ आफैँ उत्पादन गरौं’ भन्ने नाराका साथ रैथाने वीउको संरक्षण गरिने ।
  11. ‘मेरो उत्पादन प्रदेशको पहिचान’ नाराका साथ कृषिलाई उत्पादन र बजारी करण गरिने ।
  12. ‘नमूना कृषि गाउँ आफैँ बनाऔं’ नाराका साथ सञ्चालन भइरहेको मुख्यमन्त्री कृषि आधुनिकरण कार्यक्रमलाई निरन्तरता दिइने ।
  13. ‘उत्कृष्ठ कृषकलाई भीमदत्त पुरस्कारबाट सम्मान गरिने ।
  14. रैथाने वालीको उत्पादन बढाइने ।
  15. खालि जग्गा र प्राकृषिक ताल तलैयामा माछा पालन गरिने ।
  16. सहकारीमार्फत चक्लावन्दी खेति गरी बजारी करण गरिने ।
  17. ‘माटो जोगाऔँ उत्पादन बढाऔं’ भन्ने नारा लागू गरिने ।

उद्योग पर्यटन, वन तथा वातावरण मन्त्रालय

  • दिगो वन व्यवस्थापन कार्यक्रम लागू गरिने ।
  • साल प्रजातिको आयतन प्रणाली लागू गरिने ।
  • नदी तटिय क्षेत्रमा वृक्षारोपण गरी उद्योगलाई आवश्यक पर्ने कच्चा पदार्थ उत्पादन बढाइने ।
  • कृषि कल्चर प्रयोगशाला स्थापना गरिने ।
  • जडिबुटि प्रशोधन केन्द्र स्थापना गरिने ।
  • वन्यजन्तु र मानवबीचको द्वन्द्व नियन्त्रण गर्न वन्यजन्तु उद्धार केन्द्र र एमुलेन्स सेवा सञ्चालन गरिने ।
  • कैलालीको वसन्ता वन क्षेत्रको अतिक्रमण हटाइने ।
  • ‘स्वच्छ वातावरण स्वस्थ जीवन’ भन्ने नाराका साथ सचेतना वन संरक्षणमा अभिप्रेरित गर्नेखालका सचेतना कार्यक्रम सञ्चालन गरिने ।
  • पर्यटन गुरुयोजनाले निर्धारण गरेका योजनाका आधारमा निजि क्षेत्रसँग सहकार्य गरी पर्यटन विकास गरिने
  • पर्यटकीय क्षेत्र खप्तडमा आध्यात्मिक ध्यान केन्द्र निर्माण गरिने ।
  • साइपाल वेस सम्म सहासिक पद मार्ग निर्माण गरिने ।
  • ‘पाहुनाको सत्कार, सुदूरपश्चिमको संस्कार’ भन्ने नाराका पर्यटकको स्वागत तथा सम्मान गर्ने गरी नागरिकको क्षमता अभिवृद्धि गरिने ।
  • पहाडी क्षेत्रमा रहेका परमपरागत घरमा होम स्टे सञ्चालन गरिने ।
  • साना तथा घरेलु उद्योगले गरेको योगददानका आधारमा प्रोत्साहन
  • कार्यक्रम सञ्चालन गरिने ।
  • एक सथानीय तह एक औद्योगिक ग्राम, एक जिल्ला एक विशिष्ट उद्योग स्थापना गरिने ।
  • सुदूरपश्चिमका अति विकट क्षेत्र व्यास, साईपाल, अपि र हिमाली गाउँपालिकामा आवश्यकताका आधारमा खाद्यान्न ढुवानीमा अनुदान दिइने ।
  • परम्परागत रुपमा गरिने सुनको संकलन कार्य तथा राउटे समुदायले निर्माण गर्ने काठमा भाडा निर्माणको अध्ययन गरी संरक्षण तथा आधुनिकिकरण गरिने ।

सामाजिक विकास मन्त्रालय
( प्रदेशको आफ्नै विश्वविद्यालय निर्माण गरिने ।
( ‘एक प्रदेश निर्वाचन क्षेत्र एक नमुना विद्यालय निर्माण गरिने ।
( प्रदेश प्रमुख शैक्षिक सुधार कार्यक्रम सञ्चालन गरिने ।
( विद्यालय नर्स कार्यक्रमलाई लक्षित गरी किशोर किशोरीलाई यौन तथा प्रजनन् शिक्षा कार्यक्रम सञ्चालन गरिने । शिक्षकको क्षमता विकास गरिने ।
( प्राविधिक शिक्षातर्फका सामुदायिक विद्यालयमा छात्रवास निर्माण गरिने ।
( प्रदेश परीक्षा बोर्ड स्थापना गरिने ।
( ‘स्वास्थ्यका लागि खेल कुद, सवैका लागि खेलकुद’ भन्ने नाराका साथ मुख्यमन्त्री खेलकुद कार्यक्रम सञ्चालन गरिने ।
( फाप्लालाई अन्तराष्ट्रिय क्रिकेट मैदान बनाउन बनाउन संघसँग सहकार्य गरिने ।
( वातावरण संरक्षणका लागि युवा परिचानल गरिने ।
( प्रज्ञा प्रतिष्ठान निर्माण गरिने ।
( स्वास्थ्य विज्ञान प्रतिष्ठान सञ्चालन गरिने ।
( गेटा मेडिकल कलेज सञ्चालनका लागि संघसँग आवश्यक समन्वय गरिने ।
( ‘जनताको स्वास्थयको ख्याल, सुविधा सम्पन्न अस्पताल’ सञ्चालन गरिने ।
( कोरोना संक्रमण नियन्त्रण तथा रोकथाम गर्न अग्र पंतिमा रहेर काम गर्ने स्वास्थ्यकर्मीलाई सममानित गरिने ।
( गर्भवती महिलाको निस्शुल्क स्वास्थ्य परिक्षण गरिने ।
( महाकाली र टिकापुरमा सिकलसेल लगायत जटिल रोगको निशुल्क स्वास्थ्य परीक्षण तथा उपचार गरिने ।
( विपन्न परिवारको ‘निस्शुसल्क स्वास्थयवीमा’ गरिने ।
( योग शिक्षा सञ्चालन गरिने ।
( सेती प्रादेशिक अस्पता, महाकाली अस्पताल र टिकापुर अस्पतालमा डाइलाइसिस सेवा सञ्चालन गरिने । डोटीमा डाइलाइसिस सेवा सञ्चालनका लागि आवश्यक पूर्वाधार निर्माण गरिने ।
( विपन्न नागरिककलाई गम्भीर प्रकृतिका रोगमा ५ हजारसम्मको स्वास्थ्य उपचार निस्शुल्क गरिने ।
( ‘मेरो स्वास्थ्य मेरो जिम्मेवारी, भन्ने नाराका साथ दीर्घरोगको न्यूनीकरण गरिने ।
( सामाजिक कुरुतिविरुद्ध एकीकृत अभियान सञ्चालन गरिने ।
( सडक मानवलाई उद्धार तथा संरक्षण, सडक मानव मुक्त बनाइने ।
( जेष्ठ नागरिकले आर्जन गरेका ज्ञान नयाँ पुस्तामा हस्तान्तरण गरिने ।

भौतिक पूर्वाधार विकास मन्त्रालय
-जलाधारको एकिकृत विकास गरी बहुआयामिक व्यवस्थापनका लागि गुरु योजना निर्माण गरिने ।
-सिचाईंमा नयाँ प्रविधिको विकास गरिने ।
-बहुउद्देश्ययी सिँचाई सेवा सञ्चालन गरिने ।
-पानीको संकट व्यवस्थापनका लागि लिफ्ट सिँचाई र पोखरीमा प्राथमिकता दिइन् ।
-सिँचाई प्रणालीको विकास गर्न निजी क्षेत्रसँग सहकार्य गर्ने ।
-ठूला नदी तथा जलमा जल यातायात सञ्चालनका लागि सम्भाव्यता अध्ययन गरिने ।
-विद्युतीय चुलो र विद्युतीय सवारीको प्रवद्धन गरिने ।
-ग्रामीण क्षेत्रमा राष्ट्रिय प्रशारण लाइन विस्तार गरिने ।
-‘एक घर एक भारा’ भन्ने अभियानका साथ आगामी ५ वर्षभित्र सवै घरमा धारा निर्माण गरिने ।
-खानेपानी उपभोक्ता समितिको संस्थागत विकास गरिने ।
-प्रदेशको राजधानी तोकिएको गोदावरी क्षेत्रमा भोगाधिकारका लागि संघीय सरकारसँग पहल गरिने ।
-बढ्दो बसाई सराई नियन्त्रण गर्न सवै जिल्लाका जिल्ला सदरमकाममा एकिकृत विकास कार्यक्रम सञ्चालन गरिने ।
-अटो मेकानिकल तथा वर्कसप व्यवस्थापनका लागि ‘अटो भिलेज’ निर्माण गरिने ।
-गौरबका योजनाका सडकको स्तर उन्नती र मर्मत गरिने ।
-ग्रामिण क्षेत्रमा सहज आवत जावतका लागि थप झोलङ्गे पुल निर्माण गरिने ।
-कैलालीको चिसापानीदेखि गडुडाचौकीसम्मको राजमार्ग ४ लेन बनाउन सम्भाव्यता अध्ययन गरिने ।
-विद्युतीय सवारी प्रात्साहन गर्न निजी क्षेत्रलाई चार्जिङ स्टेसन बनउन स्वीकृति दिइने ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालय

  1. प्रहरी तथा सुरक्षा सेवाका बारेमा जानकारी दिन आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा सूचना समन्वय कक्ष स्थापना गरिने ।
  2. जातीय विभेद लगायत सामाजिक कुरुति विरुद्ध सचेतना कार्यक्रम सञ्चालन गरिने ।
  3. कारागारलाई सुधार गृहका रपमा सञ्चालन गर्न आवश्यक कार्यक्रम सञ्चालन गरिने ।
  4. कानुन निर्माण प्रक्रियालाई सहभागिता मुलक बनाइने ।
  5. कानुन तर्जुमा इकाई स्थापना गरिने ।
  6. विपद व्यवस्थापन कम गर्न जोखिम बढी भएका क्षेत्रमा पूर्व सूचाना प्रणाली जडान गरिने ।
  7. आपतकालितन हवाई उद्धारलाई निरन्तरता दिइने ।
  8. भ्रष्टाचार निवारण कार्यक्रम ल्याइने ।
  9. लोकसेवा आयोगबाट स्थानीय सेवाको पद पूर्ति गरिने ।
  10. आगामी विकासको गतिलाई चलायमान बनाउन प्रथम पञ्चबर्षिय योजनालाई प्रभावकारी बनाइने ।
  11. प्रदेशसभाको अर्को बैठक सोमबार दिउँसो ३ बजे बस्ने छ ।