जनता टाइम्स

२५ जेष्ठ २०७९, बुधबार ०९:०६

सरकारको निर्देशन : असारदेखि भदौसम्म सडक खन्‍न नदिनु


काठमाडौं, जेठ २५ । सरकारले बर्खामा नयाँ सडक खन्‍न रोक लगाएको छ । सडक विभागले बुधबार सार्वजनिक सूचना जारी गरेर १ असारदेखि भदौ मसान्त अर्थात् आगामी तीन महिना सडक खन्‍न स्वीकृति नदिने भनेको हो ।

‘वर्षायाममा धारा, ढल, बिजुली, टेलिफोन आदि प्रयोजनका लागि सडक खन्दा तत्काल मर्मत सम्भार गर्न नसकिने र सडक पनि थप बिग्रँदै जाने भएको असार १ गतेदेखि भदौ मसान्तसम्म यस कार्यालय अन्तर्गतका सडक डिभिजन मातहत रहेका कुनै पनि सडक खन्‍ने स्वीकृति नदिइने,’सूचनामा भनिएको छ ।

कसैले जबर्जस्ती सडक खनेमा सार्वजनिक सडक ऐन २०३१ अनुसार कारबाही गरिने चेतावनी दिइएको छ ।