जनता टाइम्स

२६ जेष्ठ २०७९, बिहीबार १७:५३

इन्भेष्टमेन्ट बैंक र मेगा बैंकबीच भोली मर्जर सम्झौता


काठमाडौं, २६ जेठ । नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंक नेपालबीच शुक्रबार मर्जर सम्झौता हुने भएको छ । भोलीको शेयर कारोबार बन्द भएपछि २ बैंकबीच मर्जर सम्झौता हुन लागेको हो । मेगा बैंकका एक संचालकले भोली मर्जर सम्झौता हुने पुष्टि गरेका छन् । मेगा बैंकका अनुसार मर्जर पछि बन्ने बैंकको नाम, बैंकको अध्यक्ष, बैंकको सीइओ र प्रारम्भिक स्वाप पनि तय भईसकेको छ ।

हालसम्मको सहमति अनुसार मर्ज पछि बन्ने बैंकको नाम ‘नेपाल इन्भेष्टमेन्ट मेगा बैंक’ रहनेछ भने अध्यक्ष र सीइओ इन्भेष्टमेन्ट कै रहने बताइएको छ । अन्य संचालक भने दुवै बैंकबाट प्रतिनिधित्व गर्ने छन् । त्यस्तै १००ः९० को स्वापको लागि प्रारम्भिक सहमति भएको छ ।

मर्जरपछि ढिलोमा ६ महिना भित्र एकिकृत कारोबार हुने गरि काम हुने बताईएको छ । हाल इन्भेष्टमेन्ट बैंकको चुक्ता पुँजी १८ अर्ब ३० करोड रहेको छ भने मेगा बैंकको चुक्ता पुँजी १६ अर्ब १२ करोड रहेको छ । १००ः९० को स्वापमा मर्ज भए मर्जरपछि बन्ने बैंकको चुक्ता पुँजी ३२ अर्ब पुग्ने छ ।