काठमाडौं, २७ जेठ । नेपालका लागि BYD अटो उद्योग कम्पनी लिमिटेडका आधिकारिक वितरक साइमेक्स् इन्क प्रा.लि. ले हालसालै परिमार्जित भएको कर सम्बन्धी ठूलो चासो देखाएको छ । नेपालमा बिक्री हुने EVS को मूल्यमा भारी वृद्धि हुने गरी भएको कर संशोधनले व्यवसायमा भन्दा पनि वातावरणीय पक्षहरू र धेरै सुस्त तर स्थिर रूपमा अघि बढिरहेको नेपाली ईभी बजारमा पार्न सक्ने बढी प्रभावलाई लिएर BYD ले आफ्नो चिन्ता व्यक्त गरेको छ ।
परिमार्जित करको घोषणा भएसँगै सरकारले आफ्नो प्रमुख नीतिलाई बिर्सेको र यो निर्णय लगानीकर्ताका लागि मात्रै नभई आम जनताका लागि पनि एक भयमय उदाहरणको रुपमा कायम हुन सक्नेछ । समग्रमा नेपाली अटोमोबाइल उद्योगमा विद्युतीय सवारी साधनको कूल बजार हिस्सा जम्मा ५ प्रतिशत रहेको छ ।
आर्थिक वर्ष २०७८/७९ मा लगभग १५००० गैर–विद्युतीय सवारी साधन आयात गरिएको तुलनामा आयातीत १४०० EVS ले विद्युतीय सवारीहरूको प्रारम्भिक अनुकूलनतालाई स्पष्टरुपमा प्रकास पार्दछ । विद्युतीय सवारी साधनहरुमा प्रयोग हुने प्रविधिको लागत उच्च रहेको र लागत सन्तुलनका लागि अटोमेकरहरूले उच्च मोटरको क्षमता प्रयोग गरी प्रिमियम मूल्य थप्ने गरेका छन् ।
त्यसर्थ अटोमेकरहरूले न्यून क्षमताको मोटरको सट्टामा स्ट्याण्डर्ड वा उच्च क्षमताको मोटर छनौट गर्ने गरेका छन् । ईभीमा हुने स्तरीय गुणस्तरलार्ई ध्यानमा राखी मोटर क्षमतालाई विलासितासँग जोड्नु वैज्ञानिक रूपमा गलत पनि हो । उपयोगिता, रेन्ज र विश्वव्यापी बजारमै EVS ट्रेन्डिङ्ग भएका कारण उपभोक्ताहरूले मिड–रेन्जका विद्युतीय सवारी साधनहरू बढी रुचाउने गरेका छन् । प्रस्तावित नयाँ करको नीतिले इन्ट्री लेभलका EVS लाई प्रवर्द्धन गर्दर्छ जुन अझै पनि विश्वव्यापी रूपमा विकसित स्तरमै रहेको र व्यापक रूपमा अपनाइएको छैन ।
नेपाली बजारमा त्यही टेन्ड्र प्रतिबिम्बित हुँदै आएको छ र भविष्यमा पनि हुनेछ । सरकारलाई पर्ने राजस्व नोक्सानी, If\Ce सवारी साधनहरूको थप अनुकूलन र इन्धनको पछिल्ला प्रयोगलाई प्रतिबिम्बित गर्दै यस नयाँ नितिले ग्राहकहरुलाई EVS खरिद गर्न प्रोत्साहन नगर्नेका साथै विद्युतीय सवारी साधनलाई अनुकूलन गर्ने र बिजुलीको आन्तरिक खपत थप बढाउँने सरकारी नीतिको कार्यान्वयन नभएको प्रस्टरुपमा देखिन्छ ।
विद्युतीय सामान वाहकको सन्दर्भमा प्रस्तावित कर अवैज्ञानिक र तर्क रहित रहेको पुष्टी २०% दरले बृद्धि भएको भन्सार कर र ५% ले बृद्धि भएको अन्तःशुल्कले गरेको छ । राष्ट्रमा विद्युतीय गतिशीलतालाई प्रवर्द्धन गर्नका लागि विद्युतीय सवारीको व्यावसायिक प्रयोग अत्यावश्यक भएको यथार्थ बिर्सनु नै यस शंशोधित नीतिको कमजोरी हो । अनुकूलीत विद्युतीय सवारी नीतिलाई निरन्तरता प्रदान गर्नु भनेकै राष्ट्रले एक वा दुई वर्ष भित्रमै यस नयाँ प्रविधिलाई स्थानीयकरण गर्नु हो ।
उक्त समयसम्म नेपालले एसेम्बलिङ, म्यानुफ्याक्चरिङ र उत्पादन गर्नका लागि नवीनतम प्रविधिहरुको विकास समेत गर्न सक्नेछ र यो आफैमा एक निर्विवादीत फाइदा हो । जलवायु परिवर्तनसँग लड्ने आफ्नो प्रतिबद्धता, नयाँ प्रविधिलाई आक्रामक रुपले अप्नाउने प्रविति र भ्खक जस्ता नयाँ र दिगो प्रविधिहरूलाई स्थानीयकरण गरी विश्वव्यापीरुपमा नेपालको छविलाई सधैं उच्च राख्न सक्ष्म हुनेछौं ।













प्रतिक्रिया दिनुहोस्