काठमाडौं,२९जेठ। आइतबार सुनको मुल्य बढेर तोलामा झण्डै एक लाख नजिक पुगेको छ।
आइतबार सुनको मुल्य प्रतितोला १५ सय रुपैयाँले बढेको छ भने चाँदीको मुल्य १५ रुपैयाँले बढेको हो ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मुल्य प्रतितोला छापावाल ९९ हजार दुई सय रुपैयाँ र तेजावी सुनको मुल्य प्रतितोला ९८ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको छ ।
आज चाँदीको मुल्य प्रतितोला १५ रुपैयाँले बढेर १२८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।













प्रतिक्रिया दिनुहोस्