कैलाली, जेठ २९ । कैलाली उद्योग वाणिज्य संघको अध्यक्षमा पुनः पुष्पराज कुँवर विजयी हुनुभएको छ । उहाँका प्रतिस्पर्धी सुरेन्द्र राठीलाई ३२३ मतान्तरले पराजित गर्दै कुँवर विजयी हुनु भएको हो ।
यस्तै, वरिष्ठ उपाध्यक्षमा पुष्करराज ओझा, उद्योग उपाध्यक्षमा दिनेश लम्साल, एशोसिएट उपाध्यक्षमा मनोज अग्रवाल, वस्तुगत उपाध्यक्षमा लक्ष्मणराज पन्त विययी भएका छन् । यस्तै महासचिवमा ओमबहादुर विष्ट, कोषाध्यक्षमा भीमराज ओझा र सचिवमा सुरेश पाण्डेय विजयी भएका छन्।













प्रतिक्रिया दिनुहोस्