काठमाडौ,३० जेठ ।जेठ मसान्तसम्ममा सरकारले पुँजीगत खर्च ३६ प्रतिशत मात्र गरेको छ ।
महालेखा नियन्त्रक कार्यालयको प्रतिवेदनअनुसार गत वर्षको जेठ मसान्तसम्ममा ३९ प्रतिशत मात्र खर्च भएकोमा असारमा आएर ६४ प्रतिशत खर्च भएको थियो । हालसम्ममा ३६ प्रतिशत मात्र पुँजीगत खर्च भएको छ ।
जबकि तलब भत्ताजस्ता चालू खर्च ७४ प्रतिशत भइसकेको छ ।सरकारले चालू आर्थिक वर्षमा ३ खर्ब ७८ अर्ब ९ करोड ७७ लाख पुँजीगत खर्च गर्ने लक्ष्य राखेकोमा हालसम्ममा १ खर्ब ३६ अर्ब १८ करोड ३६ लाख मात्र खर्च गरेको छ ।
आर्थिक वर्ष २०७५\७६ मा सरकारले ३ खर्ब ७८ खर्ब ९ करोड ७७ लाख पुँजीगत खर्च गर्ने लक्ष्य राखेकोमा ३६ प्रतिशत मात्र खर्च गर्न सकेको थियो ।आगामी आर्थिक वर्षका लागि ३ खर्ब ८० अर्ब ३८ करोड पुँजीगत खर्च हुने अनुमान गरेको सरकारले पुँजीगत खर्च बढाउन आयोजना कार्यान्वयनलाई शीघ्र बनाउन निर्माण व्यवसायीले निर्माण कार्य दुई सिफ्टमा गर्नुपर्ने व्यवस्था गरिने उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस्