जनता टाइम्स

३० जेष्ठ २०७९, सोमबार १०:२४

भक्तपुर रेडक्रसमा अनिमियताको चाङ, विपन्नलाई निःशुल्क रगत दिन स्थापित कोषको रकम सभापति थापाले पारे झ्वाम


काठमाडौं, जेठ ३० । विपन्न नागरिकलाई निःशुल्क रगत उपलब्ध गराउन नेपाल रेडक्रस सोसाइटी भक्तपुर शाखाले स्थापना गरेको कोष सभापति मनोज थापाले सकाउनु भएको छ । आर्थिक अनियमिततामा बारम्बार नाम आउने थापाले कोष नै रित्याउनु भएको हो ।

२०६४ सालमा नेपाल रेडक्रस भक्तपुरका तत्कालिन सभापति कृष्णप्र्रसाद अवालको नेतृत्वमा१५ लाख रुपैयाँको कोष स्थापना गरिएको थियो । तर सो कोषको रकम बर्तमान सभापति मनोजकुमार थापाले हिनामिना गरेको पूर्वसभापति कृष्णप्रसाद अवालले सामाजिक सञ्जाल मार्फत भण्डाफोर गर्नुभएको छ ।

अवालले लेख्नुभएको छ, ‘रक्तसञ्चार असहाय अक्षयकोष खोइ त ? रु. १५ लाख विपन्न नागरिकले रक्तसञ्चार सेवा निशुल्क पाउन २०६४ मा अक्षयकोषको व्यबस्था गरेको कहा गयो त मिलेन नी, निःशुल्क रक्त सेवा सञ्चालनका लागि यो कोषको व्यबस्था गरेको होइन र ? कि यो कोष मासेर खाइयो ?’ अवालेले आफनो कार्यकालमा भक्तपुर रेडक्रसमा खोलेका सँस्थागत विकासकोषमा रु.३५ लाख, एम्बुलेन्स विकासकोषमा रु.५ लाख, विपद् व्यबस्थापन कोषमा रु. ५लाख मिति २०६४ सालमा भएको होइन ? भनेर बर्तमान सभापति थापालाई प्रश्न पनि गर्नुभएको छ । थापाले यस बिषयमा कुनै जवाफ दिनुभएको छैन ।

हेर्नुहोस पूर्व सभापति अवालले आक्रोश

नेरेसो.भक्तपुर जिल्ला कार्यसमितिको एक सदस्य आफना नाम उल्लेख नगर्ने सर्तमा भन्नुहुन्छ, नेपाल रेडक्रस भक्तपुर जिल्ला शाखामा पूर्वसभापतिहरु बालमुकन्द सुवाल र कृष्णप्रसाद अवाल सभापति भएको बेला स्थापना भएको मानवीय सेवामा महत्वपूर्ण कोषहरु बर्तमान सभापति मनोजकुमार थापाले सिध्याउनु भएको छ ।

रक्तसञ्चार सेवाको उपकरण, रगतको थैली खरिदमा ठुलो अनिमियतता भएको, जिल्ला शाखाका गतिविधिहरु सभापति थापाको एकल निर्णयबाट गर्ने गरेको, पदाधिकारी सदस्यहरु र कर्मचारीहरुमाथि तुत्छ शब्दहरु प्रयोग गर्ने, सवारी साधनहरुको चरम दुरुपयोग गर्ने, अनिमियत भूक्तानीको लागि चेक बनाउन तोकआदेश गर्ने, आफनो नातागोता मात्रै कर्मचारी नियुुक्ति गर्ने, आफुखुशी एकल निर्णय गर्ने गरेको गुनाशा उनले गरे ।

थापा अनिमियतताको आरोपमा विघठित रेडक्रस कार्यसमितिका अध्यक्ष सञ्जीव थापाको मूख्य मतियारको रुपमा चिनिनुहुन्छ । नेपाल रेडक्रस सोसाइटीको विधान विपरित दोहोरो पदाधिकारी पद हत्याउने खप्पिस थापाले महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री उमा रेग्मी र गृहमन्त्री बालकृष्ण खाणलाई समेत प्रभावकमा पारेर भक्तपुर जिल्ला शाखाको सभापति र केन्द्रीय तदर्थ कार्यसमितिको उप महामन्त्री पदसमेत हत्याउनु भएको छ । यस बिषयमा उजुरी पर्दासमेत नेपाल सरकारका नियमनकारी निकाय मौन रहेको छ ।

भूकम्प पुनरलाभ कार्यकम्र भक्तपुरबाट लाभग्राहीहरु वितरण गरिएको राहत सामग्री, नगद् वितरण, र स्वयँसेवक परिचालनमा भर्पाई लामो अवधिको बनाई हस्ताक्षर गराउने तर उनीहरुलाई रकम थोरै दिनको दिने, अतिरिक्त काममा सहयोगि कर्मचारीको नाममा भर्पाई बनाई, पैसालिने गरेको, खाजा र खानाको रकममा रकम बढाई कमिशन खाएको र महिला हिँसाकोबारे रेडक्रसको अन्तरराष्टिय रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीको अनुपालक तथा मध्यस्थ समिति समक्ष लिखित निबेदन परेपछि जेनेभाबाट गठित स्कुमिङ मिसनको प्रतिबेदनले समेत भक्तपुर रेडक्रस र नेतृत्वमाथि छानवीन गरी प्रतिबेदन पेश गरेको छ ।

रेडक्रसमा ठुलो लाभ लिईरहेकाले थापाले चाँगुनारायण नगरपािलका वडानं.४ वडा अध्यक्षको एकल उम्मेदवारको सिफारिश समेत अस्वीकार गर्नुभएको थियो । रेडक्रसको विधानले कुनै पनि निकाय तथा तहरुमा दोहोरो पदाधिकारी पद लिन नपाउने ब्यवस्था छ ।