जनता टाइम्स

१ असार २०७९, बुधबार ११:५३

सुनको मूल्य तोलामा ६०० रुपैयाँले घट्यो


काठमाडौं, १ असार ।साताको कारोबारको चौथौ दिन बुधबार नेपाली बजारमा सुनको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य तोलामा ६०० रुपैयाँले घटेको छ। यसअघि, मंगलबार सुनको मूल्य तोलामा १ हजार ८०० रुपैयाँले घटेको थियो। बुधबार छापावाल सुनको मूल्य ९६ हजार ५०० रुपैयाँ प्रतितोला कायम भएको छ।

यस्तै, तेजाबी सुनको मूल्य ९६ हजार रुपैयाँ पुगेको छ। यसअघि, मंगलबार छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार १०० रुपैयाँ थियो। मंगलबार तेजाबी सुनको मूल्य ९६ हजार ६०० रुपैयाँ प्रतितोला थियो। बुधबार चाँदीको मूल्य भने यथावत् रहेको छ। मंगलबार जस्तै बुधबार पनि चाँदीको मूल्य प्रतितोला १ हजार २४५ रुपैयाँ रहेको सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ।