जनता टाइम्स

१ असार २०७९, बुधबार १४:५९

घोप्टेभिरमा पहिरो : पृथ्वीराजमार्ग अवरुद्ध


मुग्लिन, १ असार । वर्षासँगै आएको पहिराका कारण पृथ्वी राजमार्ग अवरुद्ध भएको छ । चितवनको इच्छाकामना–४ घोप्टेभिरमा दिउँसो २ बजे पहिरो खसेपछि राजमार्ग दुईतर्फी अवरुद्ध भएको हो ।

अहिले पहिरो पन्छाउनका लागि सडक विभागसँग समन्वय भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । वर्षा लागेसँगै उक्त स्थानमा पटक–पटक पहिरो खसेर सडक अवरुद्ध हुँदै आएको छ ।