जनता टाइम्स

३ असार २०७९, शुक्रबार ०६:५४

उपत्यकासहित देशका विभिन्न स्थानमा वर्षा, नदी तथा खोलाको बहाव बढ्न सुरुभएकाले सर्तकता अपनाउन आग्रह


काठमाडौं,३ असार ।काठमाडौं उपत्यकासहित देशका अधिकांश स्थानमा वर्षा भइरहेको छ। हाल प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका केही स्थानहरूमा मेघ गर्जन र चट्याङसहित वर्षा भइरहेको छ जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

दिउँसो पनि वर्षाको सम्भावना रहेको छ।मनसुन सुरु भएसँगै परिरहेको पानीका कारण नदी तथा खोलाको बहाव बढ्न सुरु भएको छ। खासगरी पूर्वी नेपालका नदी तथा खोलामा पानीको बहाव बढेको छ ।

पाँचथरस्थित तमोर नदी माझिटारमा जल सतहले सतर्कता तह पार गरेको विभागले जनाएको छ। बहाव बढ्दो क्रममा रहेकोले काबेली र तमोर नदीको तटीय क्षेत्रमा रहनेहरूले उच्च सतर्कता अपनाउन पनि विभागले अनुरोध गरेको छ । नदीनाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जनजीवन र यातायात क्षेत्र प्रभावित हुनसक्ने भएकोले आवश्यक सतर्कता अपनाउन पनि विभागले आग्रह गरेको छ ।