जनता टाइम्स

३ असार २०७९, शुक्रबार ०९:१०

बलात्कार अभियोगमा समातिए कांग्रेस नेता


रोल्पा, ३ असार । १४ वर्षीया किशोरीमाथि जबरजस्ती करणी अभियोगमा वडा सदस्य पक्राउ परेका छन् । पक्राउ पर्ने त्रिवेणी गाउँपालिका–६ जुगारका ३५ वर्षीय मोहन केसी गत स्थानीय निर्वाचनमा नेपाली काँग्रेसबाट वडा सदस्य चुनिएका थिए ।

माडीकी किशोरीलाई ललाइफकाइ करणी गरेको आरोपमा गत जेठ ३० मा केसीलाई पक्राउ गरिएको रोल्पा प्रहरीका डीएसपी विनोद घिमिरेले जानकारी दिनुभयो । केसीविरुद्ध रोल्पा अदालतबाट ७ दिनको म्याद थपेर अनुसन्धान भइरहेको उहाँले बताउनुभयो । प्रहरीका अनुसार २ वर्षयता जिल्लामा १२ जनाभन्दा बढीमाथि करणी मुद्दा दर्ता भएका छन् ।

अभियोग लाग्नेमा जनप्रतिनिधि, कर्मचारी, राजनीतिक दलका नेता, युवा, किशोर र वृद्ध छन् । अघिल्लो वर्ष करणी मुद्दा मिलापत्र गराएको आरोपमा लुंग्री गाउँपालिकाका केही जनप्रतिनिधिलाई पक्राउ गरिएको थियो ।