जनता टाइम्स

३ असार २०७९, शुक्रबार १४:११

एमालेको अवरोधकाबीच राष्ट्रियसभाबाट विनियोजन विधेयक २०७९ बहुमतले स्वीकृत


काठमाडौं, ३ असार । विनियोजन विधेयक २०७९ स्वीकृत भएको छ । आज बसेको राष्ट्रियसभा बैठकमा विधेयक बहुमतले स्वीकृत भएको हो । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको अवरोधकाबीच राष्ट्रिय सभाको दोस्रो बैठकले विधेयक बहुमतले स्वीकृत गरेको हो ।

अर्थमन्त्री जनार्दन शर्माले बैठकमा विनियोजन विधेयक २०७९ माथि विचार गरियोस भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । राष्ट्रिय सभा अध्यक्ष गणेसप्रसाद तिमिल्सनाले प्रतिनिधिसभाबाट सन्देशसिहत प्राप्त विनियोजन विधेयक २०७९ माथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत गरेको घोषणा गर्नुभयो ।

उहाँले सो विधेयकको विभिन्न शीर्षकहरुमाथि समूहगत छलफलमा भाग लिनका लागि आगामी असार ९ र १० गते समय तोकिएको जानकारी दिनुभयो । प्रमुख प्रतिपक्षी नेकपा एमालेले अर्थमन्त्रीले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने तर त्यसो नगरेकाले अर्थमन्त्रीलाई स्वीकार गर्न नसकिने बताएको थियो ।