काठमाडौं, ३ असार । नेकपा एमालेका सांसद झपटबहादुर रावलले संस्कृति तथा पर्यटनमन्त्री प्रेम आलेलाई ‘गाली शिरोमणि’ को उपाधि दिनुपर्ने भन्दै आलेको व्यंग्य गर्नुभएको छ । आज बसेको प्रतिनिधि सभाको बैठकमा भाग लिँदै उहाँले यस्तो बताउनुभएको हो । उहाँले भन्नुभयो,‘उहाँलाई संस्कृतिमन्त्री होइन, गाली शिरोमणिको उपाधि दिउँ ।’
त्यसअघि उहाँले भन्नुभयो,‘कुनै पनि प्रणाली सञ्चालन गर्नका लागि सू–संस्कृत र सभ्यतालाई आत्मसाथ गर्नुपर्छ । संस्कृतिको संरक्षण र नयाँ संस्कृतिको निर्माण गर्नका लागि संस्कृति मन्त्रालय बनाइएको हो । सामाजिक मूल्य, मान्यतालाई हेक्का राखेर पाइला चाल्नुपर्ने मन्त्रीजस्तो गरिमामय पदमा रहेर कहिले सर्वसाधारणलाई त कहिले आफ्ना मातहतका कर्मचारीमाथि बोलिएको बोली र गरिएको व्यवहारले हाम्रो सभ्यताकै बेइज्जत गरेको छ ।’
हिजो मन्त्री आलेले नेपाल एयरलाइन्सका अध्यक्ष युवराज अधिकारीलाई आफ्नो कार्यकक्षमा बोलाएर हातपात गरेको अडियो÷भिडिओ सार्वजनिक भएको थियो । यसअघि पनि आलेले एक युवालाई फोनबाटै थर्काएको अडियो÷भिडिओ सार्वजनिक भएको थियो जुन जनताटाइम्सले ब्रेक गरेको थियो ।













प्रतिक्रिया दिनुहोस्