काठमाडौं, असार ५ । नबिल बैंकले कतार एयरवेजसँग बैंकका कार्ड प्रयोगकर्ताहरूलाई विशेष सुविधा प्रदान गर्न सम्झौता गरेको छ । सम्झौता अन्तर्गत नबिल बैंकका कार्ड प्रयोगकर्ताहरूले युरोप, अमेरिका र अफ्रिकाका चुनिएका गन्तव्यहरूमा लागु हुनेछ र हवाई टिकट खरिद गर्दा १० प्रतिशत छुट पाउनेछन । यो छुट यही असार १७ गतेदेखि लागु हुने छ ।
आज आयोजित एक कार्यक्रममा नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाह र कतार एयरवेजका बंगलादेश तथा नेपालका कन्ट्री म्यानेजर मोहम्मद एल इमामकातर्फबाट सेल्स म्यानेजर सारिक बोगटीले उक्त समझदारी पत्रमा हस्ताक्षर गर्नुभएको छ ।
यस साझेदरी अन्तर्गत बिजनेश (Business) र इकोनोमी क्लास ( EconomyClass) हवाई टिकटमा उक्त १० प्रतिशत छुट लागू हुनेछ । यसका लागि बैंकका कार्ड प्रयोगकर्ताहरूले कतार एयरवेजका प्रतिनिधिहरूलाई आफ्नो नबिल बैंकको कार्ड पेश गर्नुपर्ने सम्झौतामा उल्लेख छ । कतार एयरवेज अन्तर्राष्ट्रिय हवाई यातायात मूल्याङ्कन संस्था, Skytrax द्वारा 5-Star Covid-19 Airline SafetyRating हासिल गरेको एक विश्वव्यापी अन्तराष्ट्रिय हवाई सेवा हो ।
अन्तर्राष्ट्रिय यात्रामा कोभिड–१९ को प्रभावलाई ध्यानमा राख्दै, यो सहकार्यले नविलका ग्राहकहरूका लागि यो साझेदारी लाभदायक हुने नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत शाहले बताउनु भयो । सन् १९८४ देखि ग्राहकहरुलाई समायनुकुल सेवा प्रदान गर्दै आएको र १५० शाखा, १८७ एटीएम र १५०० भन्दा बढि नबिल रेमिट एजेन्टहरु रहेको नबिल बैंकले नेपाली बैंकिङ्ग क्षेत्रमा नविनतम सेवाको शुरुवात गर्न अग्रणी भूमिका खेल्नुका साथै नेपालको बैंकिङ्ग विकासको ईतिहासमा कोसेढुङ्गाको रुपमा काम गर्दै आएको छ ।













प्रतिक्रिया दिनुहोस्