काठमाडौं, असार ५ । रासायनिक मलको हाहाकार बढेपछि किसानसँग आवद्ध ९ वटा संगठनहरुले आन्दोलनको चेतावनी दिएका छन । अखिल नेपाल किसान महासंघसहित ९ वटा संगठनले आज संयुक्त बिज्ञप्ती जारी गरी रासायनिक मलको आपुर्तिमा भएको चरम अभावको अन्त्य र पेट्रोलियम पदार्थको मुल्यबृद्धि फिर्ता नलिए कडा कदम चाल्न बाध्य हुने चेतावनी दिइएको छ ।
‘मुलुकलाई कृषि उत्पादनमा आत्मनिर्भर बनाउँदै आयातलाई प्रतिष्थापन गर्ने र निर्यातलाई प्रवर्धन गर्दै समाजवादउन्मुख अर्थब्यवस्था निर्माण गर्ने अबिभारा पूरा गर्न सरकारले ल्याएको नीति तथा कार्यक्रम र बजेटले पर्याप्त देखिएका छैनन । रासायनिक मलको आपुर्तिमा भएको चरम अभावको अन्त्य गरी गुणस्तरीय मल समयमै सहज ढंगले उपलब्ध गराउन, इन्धनमा भएको मुल्इबृद्धि घटाउन र किसान र कृषि क्षेत्रसँग सम्बन्धित उपरोक्त बिषयहरु समेत तत्काल सम्बोधन गर्न जोडदार माग गर्दछौं । अन्यथा किसान संघ संगठनहरु देशब्यापी रुपमा किसान परिचालन गर्न बाध्य हुने ब्यहोरासमेत जानकारी गराइन्छ,’ बिज्ञप्तीमा भनिएको छ ।
बिज्ञप्तीमा अेखल नेपाल किसान महासंघका अध्यक्ष डा. प्रेम दंगाल, अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र) का अध्यक्ष रामप्रसाद दहाल, अखिल नेपाल किसान महासंघका अध्यक्ष डा. केशव खडका, नेपाल क्रान्तिकारी किसान संघका अध्यक्ष हरिराम सुवाल, अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी) का अध्यक्ष ओमप्रकाश पुन, अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी) का अध्यक्ष धनेश्वर पोखरेल, अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी) का अध्यक्ष हरि श्रेष्ठ, अखिल नेपाल किसान महासंघ (अफ्पा) का अध्यक्ष केबी घले र अखिल नेपाल किसान युनियनका अध्यक्ष प्रविण जोशी रहनुभएको छ ।














प्रतिक्रिया दिनुहोस्