जनता टाइम्स

६ असार २०७९, सोमबार १६:५२

बेँसीसहर–चामे सडक वैकल्पिक माध्यमबाट सञ्चालन


लमजुङ, ६ असार । शनिबार रातिदेखिको अविरल वर्षाका कारण आएको पहिराले अवरुद्ध बेँसीसहर चामे सडक सञ्चालनमा आएको छ । अवरुद्ध भएको बेँसीसहर नगरपालिका–६ खरखरेबाट वैकल्पिक सडक बनाइ बेँसीसहर–बाझाखेत खुदी सडकको प्रयोग गरी आज बिहान ११ बजेदेखि सवारी आवतजावत भएको डुम्रे-बेँसीशहर चामे सडकका प्रमुख इञ्जिनीयर अच्युत विलास पन्तले बताउनुभयो ।

वैकल्पिक सडकको अप्ठ्यारो भएको ठाउँमा कार्यालयको इस्काभेटरले माटो सम्माएर मिलाउँदै सवारी सञ्चालन गरिएको छ । मनाङ जाने एक मात्र बेँसीसहर(चामे सडक अवरुद्ध हुँदा मनाङ र मर्स्याङ्दी गाउँपालिकाका स्थानीयले सास्ती खेप्नुपरेको छ। प्रत्येक वर्ष खरखरेको पहिरोले सडक अवरुद्ध गर्दा आवतजावतमा समस्या हुने गरेको मर्स्याङ्दीका जीवन भण्डारी बताउनुहुन्छ ।