पोखरा, असार ७ । दुबई राजपरिवारका सदस्य शेख मोहम्मद बिन माक्तुम जुमा ला माक्तुमले पोखराको भ्रमण सकेर फर्किनुभएको छ । माक्तुमले पोखराको डेभिस फल, गुप्तेश्वर गुफा, फेवाताल लगायतका पर्यटकीय स्थलको भ्रमण गर्नुभएको छ ।
भ्रमणपछि उहाँले पोखराको सुन्दरताको प्रसंशा गर्नुभएको छ । ‘पोखरा साँच्चै सुन्दर छ । यसको प्रचार राम्रोसँग भए पर्यटक बढ्छन्,’ उ,हाँले भन्नुभयो ‘म छिटै लामो समयका लागि पोखराको भ्रमणमा पुनः आउनेछु ।’
मेडिकल ब्यवसायी दुर्गा प्रसाईंको निमन्त्रणामा नेपाल भ्रमणका लागि आउनु भएका माक्तुमले झापाको अतिरिक्त विराटनगरको पनि भ्रमण गर्नुभएको छ ।













प्रतिक्रिया दिनुहोस्