काठमाडौ, असार ८ ।सरकार र केन्द्रीय बैंकले सामान आयातमा कडाईका बाबजुद पनि जेठ महिनासम्ममा १७ खर्ब ६३ अर्ब रुपैयाँको सामान आयात भएको छ ।
भन्सार विभागले उपलब्ध गराएको तथ्यांक अनुसार चालु आर्थिक वर्षको जेठ महिनासम्म अघिल्लो वर्षको जेठ महिनाको तुलनामा २७ दशमलव ५ प्रतिशतले आयातमा वृद्धि भएको छ ।
गत आर्थिक वर्षको ११ महिनामा १३ खर्ब ८३ अर्ब रुपैयाँको सामान आयात भएको थियो । नेपालले आर्थिक वर्षको ११ महिनामा १ खर्ब ८५ अर्ब रुपैयाँको सामान निर्यात गरेको छ जुन अघिल्लो वर्षको सोही महिनाको तुलनामा ५३.दशमलव३ प्रतिशत वृद्धि हो ।
जेठ मसान्तसम्म व्यापार घाटा २५ प्रतिशतले बढेर १५ खर्ब ७७ अर्ब रुपैयाँ पुगेको छ । नेपालको आयात निर्यात अनुपात ११ महिनासम्ममा ९दशमलव४९ गुणा रहेको छ । जुन अघिल्लो वर्षको तुलनामा १८दशमलव ३ प्रतिशतले बढी हो ।
प्रतिक्रिया दिनुहोस्