काठमाडौं, असार ८ । पुँजी बजार सुधारको माग राख्दै आन्दोलित लगानीकर्तालाई काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले पनि समर्थन जनाउनुभएको छ ।
नेपाल धितो पत्र बोर्डको अगाडि अनसनरत तिलक कोइरालालाई आज खुमलटार पुगेर भेटनुभएका बालेन्द्रले लगानीकर्ताको आन्दोलनमा आफ्नो साथ रहेको बताउनुभयो ।
आठ दिन देखि अनसनरत तिलक कोइरालाई भेटेर मेयर साहले बजार सुधारका लागि आफूले सक्ने पहल गर्ने बताउनुभयो । ‘हाम्रो तर्फबाट पूर्ण समर्थन छ । बजार सुधारका लागि के कति गर्न सक्छौं गर्छौं,’ उहाँले भन्नुभयो ।
लगानीकर्ताले पुँजी बजार सुधारका लागि सरकारको ध्यानाकर्षण गराउँदा सरकारले वास्तै नगर्नु अमानवीय व्यवहार गरेको बताउँदै सरकारले कुनै पनि नयाँ नियम ल्याउदा त्यसले देशको अर्थतन्त्रमा पार्ने प्रभाव बारे विचार गरेर बजेट निर्मार्ण गर्नु पर्ने बताउनुभयो ।
ुअहिलेको लगानीकर्ताको आन्दोलनलाई सरकारले सम्बन्धित निकायसँग वार्तामा बसेर निकास निकाल्नु पर्छ, हाम्रो देश विकास हुने क्रममा नै रहेकोले पूँजी बजारको विकासबाट मात्र देशको विकास गर्न सकिन्छ,’ साहले भन्नुभयो । उहाँले लगानीकर्ताको माग सम्बोधन गर्न समेत सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।













प्रतिक्रिया दिनुहोस्