विराटनगर,१० असार। विराटनगर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७९\ ८० का लागि करिब र तीन अर्ब ५० करोड रुपैयाँको बजेट ल्याउने तयारी गरेको छ ।
प्रदेश नं १ को एकमात्र महानगरपालिका रहेको सो महानगरपालिकाको बजेटमा नगरप्रमुख सहित निर्वाचित जनप्रतिनिधिले निर्वाचनका समयमा गरेको सङ्कल्प एवं प्रतिबद्धताका कार्यक्रमलाई समेटिएको जनाइएको छ । चालु आर्थिक वर्षभन्दा झण्डै एक अर्ब कमको बजेट बन्न लागेको विराटनगर महानगरपालिकाले उल्लेख गरेको छ ।
चालु आवका लागि चार अर्ब ६० करोड ८१ लाख रुपैयाँको वार्षिक बजेट बनेको थियो । सङ्घीय सरकारले विराटनगर महानगरपालिकालाई दिने अनुदान रकम अन्य महानगरपालिकाभन्दा कम दिने कारणले बजेटको सीमा पनि कम भएको बताइएको छ ।
महानगरले आज नै नीति तथा कार्यक्रम प्रस्तुत गर्ने र बजेटमार्फत करको दरलाई घटाइने तयारी गरिएको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्