जनता टाइम्स

११ असार २०७९, शनिबार ०८:४६

पछिल्लो तीन साता लगातार रुपमा गिरावट हुँदै आएको नेप्से परिसूचक वृद्धि


काठमाडौ,११असार। पछिल्लो तीन हप्ता लगातार रुपमा गिरावट हुँदै आएको नेप्से परिसूचक वृद्धि भएको छ।

यो साताको ६ कारोबार दिनमा ४ दिन सेयर बजार घट्यो भने २ दिन बढेको छ। साताभरि बजारमा ७ अर्ब ३ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ। अघिल्लो साता ६ अर्ब रुपैयाँबराबरको कारोबार भएको थियो।

यो साता कारोबारमा सामान्य सुधार आएको छ।अघिल्लो साता अन्तिम कारोबार दिनमा १९७१.३८ मा बन्द भएको बजार यो साताको अन्तिम कारोबार दिनमा १८०२.०६ मा बन्द भएको छ।

यो हिसाबले साताभरि बजारमा १०९ दशमलव ३,२ अंकको गिरावट आएको छ। सेयर बजारमा कारोबारको अन्तिम दिन शुक्रबार बजार लगभग ७० अंकको उतारचढाव भएको छ। अघिल्लो दिन १८ सय४८ मा बन्द भएको बजार खुलेदेखि नै लगातार गिरावट आएको थियो।