जनता टाइम्स

१२ असार २०७९, आईतवार १४:११

इन्जिनियर दुवाल सम्मानित


काठमाडौं, १२ असार । सरकारले भक्तपुरका इन्जिनियर कृष्णभक्त दुवाललाई सम्मान गरेको छ । लामो सयमदेखि युवा उद्यमी तथा व्यवसायीलाई आन्टप्रोनर्स (स्वावलम्बी) बनाउनगरेको योगदानको कदरस्वरूप युवा तथा खेलकुद मन्त्रालयले उहाँलाई सम्मान गरको हो । मन्त्रालयका सचिव डा. दामोदर रेग्मीले इन्जिनियर दुवाललाई प्रशंसापत्र प्रदान गरी सम्मान गर्नुभएको हो ।

उद्योग व्यवसाय क्षेत्रको विकासबाट मात्र राष्ट्रको समुन्नत विकासमा टेवा पुग्ने र इन्जिनियर दुवालले यसका लागि गरेको कामको कदर गर्दै सम्मान गरेको जनाइएको छ । युवा वर्गलाई यस क्षेत्रमा क्रियाशील गराउन दुवालको भूमिका प्रेरणादायी रहेकाले सम्मान गरेको सम्मानपत्रमा उल्लेख छ ।

इन्जिनियर दुवाल युवा व्यवसायी हो । उहाँ नेपाल इको प्यानलका प्रमुख कार्यकारी अधिकृत पनि हो । आफू र युवा वर्गलाई नयाँ–नयाँ व्यापार व्यवसाय संलग्न गराउन उहाँ निरन्तर क्रियाशील हुनुहुन्छ ।