लमजुङ, १३ असार । तत्काल मल उपलब्ध गराउन राप्रपा लमजुङले कृषि ज्ञान केन्द्र लमजुङमा ज्ञापनपत्र बुझाएको छ । राष्टिय प्रजातन्त्र पार्टी लमजुङले ज्ञापन पत्रमा हरेक वर्ष मलको अभाव हुने गरेको र अहिलेसम्म पनि किसानले मल नपाएकोले तत्काल किसानलाई मल, वीउ उपलव्ध गराउनु पर्ने, समयमा मल आपूर्ति गर्न नसक्ने जिम्मेवार पदाधिकारीलाई कारवाही गर्नु पर्ने, आयातमुखी अर्थतन्त्रमा सुधार गरि कृषिको विकास राष्ट्रिय उत्पादन र आय वृद्धिका लागी तत्काल कार्यक्रम सञ्चालन गर्नुपर्ने उल्लेख गरेको छ ।
ज्ञापनपत्रमा भूमिहीन तथा सुकुम्वासीलाई भूमि उपलव्ध गराउनु पर्ने, कृषि कर्जा शुलभ गर्नु पर्ने, किसानलाई अनुदानमा कृषि सामग्री उपलव्ध गाराइनु पर्नेमा जोड दिएको छ । यसैगरि कृषकले आफ्नो अन्न, फलफूल तरकारी, दूध र मासुको उचित मूल्य र बजारको व्यवस्था गरिनु पर्ने, लमजुङका हाडेटार, राइनासटार, रम्घाटार, भोर्लेटार सिंचाइ योजनाको सञ्चालन सहित जिल्लाको अन्य सिंचाइ योजना, कुलो मर्मतमा जिसस र नगरपालिकाको ध्यान जानुपर्ने उल्लेख गरिएको छ ।
कृषि ज्ञान केन्द्र लमजुङमा एक घण्टा धर्ना सहित ज्ञापनपत्र बुझाउने कार्यक्रममा राप्रपा गण्डकी प्रदेशका सदस्य खड्ग वहादुर गुरुङ, राप्रपा लमजुङका पूर्व अध्यक्ष बालचन्द्र श्रेष्ठ, राप्रपा लमजुङका उपाध्यक्ष ठाकुर गुरुङ, राप्रपा लमजुङका पुर्व सचिव राम वहादुर थापा, अजित अधिकारी लगायतले कृषि प्रधानमुलुक नेपालमा बीउ, मल नपाउनु हास्यास्पद र सरकारको नालायकिपन भएको बताउनुभयो । राष्टिय प्रजातन्त्र पार्टीले आज देशभरका कृषि कार्यालयहरुमा धर्नासहित कृषि कार्यालयका प्रमुख मार्फत नेपाल सरकारलाई ज्ञापन पत्र पठाएको छ ।













प्रतिक्रिया दिनुहोस्