काठमाडौं, १६ असार । सरकारले नेपाल आयल निगमलाई तत्काल ८ अर्ब रुपैयाँ दिने भएको छ । भ्याट र कर गरी ५ अर्ब र राष्ट्रिय वाणिज्य बैंकमार्फत ऋण गरी ८ अर्ब रुपैयाँ निगमले पाउने भएको हो । अर्थ सचिव मधुकुमार मरासिनीले अर्थ मन्त्रालयले निगमलाई ८ अर्ब रुपैयाँ दिन लागेको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘५ अर्ब भ्याट र कर फिर्ता र बाँकी ३ अर्ब ऋण लिन मन्त्रालयले स्वाकृति दिएको छ । अर्थले घटाएको पूर्वाधार र अन्य कर बराबरको रकम पनि निगमलाई दिने भएको छ । अर्थले कति रकम दिनुपर्ने हो, सोको हिसाब निगमसँग मागेको छ ।’
प्रतिक्रिया दिनुहोस्