जनता टाइम्स

१७ असार २०७९, शुक्रबार ०७:५८

अमेरिकी डलरको भाउले बनायो नयाँ कीर्तिमानी,डलरको भाउ बढ्दा नेपाली रुपैयाँको मूल्य हालसम्मकै कमजोर


काठमाडौ,१७असार ।शुक्रवार पनि डलरको भाउले नयाँ कीर्तिमानी कायम गरेको छ ।

यस दिन नेपाली बजारमा अमेरिकी डलरको खरिद दर १२६ रुपैयाँ ०६ पैसा र बिक्री दर १२६ रुपैयाँ ६६ पैसा कायम भएको नेपाल राष्ट्र बैंकले जनाएको छ । जुन हालसम्मकै उच्च हो ।

पछिल्ला दिनहरूमा उच्च मागका कारण अमेरिकी डलरको भाउ आकासिएपछि नेपाली रुपैयाँको मूल्य हालसम्मकै कमजोर अवस्थामा पुगेको छ ।

डलरको भाउ बढ्दा भारतीय रुपैयाँ प्रत्यक्ष रुपमा अवमूल्यन भइरहेको छ । भारतीय रुपैयाँसँग स्थिर विनिमय रहेको नेपाली रुपैयाँ भारतीय रुपैयाँसँगै प्रभावित बनिरहेको छ । रुस युक्रेन युद्धका कारण महँगो भइरहेको डलरको भाउका कारण पछिल्लो तीन महिनायता डलरको मूल्य बढ्ने क्रम तीव्र देखिएको हो ।