जनता टाइम्स

१७ असार २०७९, शुक्रबार ०८:१६

नबिल बैंकको सीईओमा ज्ञानेन्द्र ढुंगाना, आजदेखि बागडोर सम्हाल्दै


काठमाडौं, १७ असार । नबिल बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा ज्ञानेन्द्र ढुंगाना नियुक्त हुनुभएको छ । बैंकको बिहीबार बसेको सञ्चालक समितिको बैठकले सीईओमा नियुक्त गरेको हो ।

नेपाल बङ्गलादेश बैंकलाई नबिल बैंकमा गाभ्न मुख्य भूमिका खेलेका ढुंगानालाई नबिल बैंकको सीईओ बनाईएको हो । बैंक सञ्चालक समितिको बैठकले ढुंगानालाई आगामी ४ बर्षका लागि सीईओमा नियुक्त गरेको हो ।

ढुंगाना गत पौष १६ गते नेपाल बङ्गलादेश बैंकको सीईओमा एक दशक कार्यकाल सकेर विदा हुनुभएको थियो । सीईओ ढुंगानाले शुक्रबार (असार १७ गते) कार्यभार सम्हाल्दै हुनुहुन्छ । ढुंगाना पहिलेदेखि नै क्षमतावान सीईओको रुपमा परिचित हुनुहुन्छ ।