काठमाडौं, असार १८ । नेपाल टेलिकमका ग्राहकहरुले एनआईसी एसिया बैंकको मोबाइल एप निःशुल्क प्रयोग गर्न पाउने भएका छन्। त्यसका लागि नेपाल टेलिकम र बैंकबीच सम्झौता भएको छ।
सम्झौता अनुसार एनआईसी एसिया बैंकका प्रयोगकर्ताले मोबाइल बैंकिङ एप प्रयोग गर्दा लाग्दै आएको डेटा शुल्क अब तिर्नुपर्ने छैन। यो सेवा सोमबारबाट कार्यान्वयनमा आइसकेको टेलिकमले जनाएको छ।
यसरी ग्राहकलाई मोबाइल बैंकिङ प्रयोग गर्दा निःशुल्क लागेपनि त्यसबापतको शुल्क भने बैंकले टेलिकमलाई उपलब्ध गराउने गरी सम्झौता भएको उल्लेख छ।
प्रतिक्रिया दिनुहोस्