जनता टाइम्स

१८ असार २०७९, शनिबार ०९:५९

प्रचण्डले पार्टीप्रति बिश्वास गर्ने आधार नै समाप्त पारेको लेखनाथको निश्कर्ष, दिए यस्तो प्रमाण


काठमाडौं, असार १८ । सत्तारूढ नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य लेखनाथ न्यौपानेले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका कारण जनताले माओवादीप्रति बिश्वास गर्ने आधार सकिएको निश्कर्ष सुनाउनु भएको छ ।

प्रचण्डले बहुबिवाह गर्ने आफ्ना छोरा प्रकाश दाहालको शालिक अनावरण गरेपछि आम जनताका नेता नभई एक जनाका पिता मात्रै रहेको प्रष्ट भएकोले पार्टीप्रति नै जनताको बिश्वास उडने तथ्य रोचक ढंगले राख्नुभएको छ । न्यौपानेले चिनियाँ नेता माओत्सेतुङको प्रसंग जोडेर छोरा कि आम जनता भन्ने बिषयलाई राख्नुभएको छ ।

प्रचण्डले हिजो शुक्रवार नुवाकोटको ककनीमा आफ्ना छोरा साकार दाहाल ‘प्रकाश’को शालिक अनावरण गर्नुभएको थियो । राज्यकोषको दुरुपयोग गरी छोराको सालिक बनाएर अनावरण गरेपछि प्रचण्डको चर्काे आलोचना भइरहेको छ । सोही विषयमा माओवादी केन्द्रका केन्द्रीय सदस्य न्यौपानेले माओलाई जोडेर प्रचण्डको पुत्र मोह उजागर गर्नुभएको छ । स्टाटसका साथमा न्यौपानेले माओका बाउ–छोराको तस्बिरसमेत सेयर गर्नुभएको छ ।

न्यौपानेका अनुसार ५ लाख चिनियाँ स्वयंसेवक कोरियाली जनतालाई सघाउन कोरिया गएका थिए, तीमध्ये एक थिए– माओका जेठा छोरा माओ आनइङ । कोरिया युद्ध (१९५०–१९५३) मा ३० हजारभन्दा बढी चिनियाँ स्वयंसेवक अमेरिकी आक्रमणमा मारिए । जस्मा माओपुत्र आनइङ पनि १९५० नोभेम्बर २५ मा मारिए । छोरो सहिद भएको खबर माओले बुहारीलाई सुनाए, त्यसबेला उनको काखमा सानो बच्चा (माओको नाति) थियो।

माओलाई बुहारीले ‘अब जिउँदो पति देख्न नपाए पनि शवको अनुहार अन्तिमपटक हेर्ने इच्छा छ’ भनिन ।
बुहारीको त्यो अन्तिम इच्छाबारे माओले भने, ‘तिम्रो पति मात्र होइन, अरू ३० हजार चिनियाँ योद्धाहरू कोरियामा मारिएका छन । ती सबैको शव चीन ल्याउनुपर्छ, जुन सम्भव नै छैन’, न्यौपानेले लेख्नुभएको छ ‘त्यसकारण हाम्रो छारोको मात्र शव ल्याउन मिल्दैन । हाम्रो छोराको मात्र शव ल्याउने र अरूको नल्याउने हो भने जसजसका परिवारबाट कोरियामा सहिद भए उहाँहरूले हाम्रो पार्टी, आन्दोलन र नेतृत्वप्रति कहिल्यै विश्वास गर्दैनन ।’

त्यसपछि पति वियोगमा परेकी माओकी बुहारीले माओको कुरामा चित्त बुझाएको न्यौपानेले उल्लेख गर्नुभएको छ । उहाँले थप लेख्नुभएको छ, ‘यसकारण माओ, माओ बने । आजसम्म त्यसरी नै बाँचिरहेका छन । आज पनि उनलाई सम्पूर्ण चिनियाँहरूले हृदय (चाकरी गर्न होइन) देखि सम्मान गर्छन, दैनिक ६५ हजार चिनियाँ युवाहरू माओको शाओशान गाउँको घर (संग्रहालयं) अवलोकन गर्छन र हाम्रो महान नेता भनेर गर्वले छाती चौडा बनाउँछन ।’

यस्तो छ लेखनाथको स्ट्याटस

५ लाख चिनियाँ स्वयंसेवक काेरियाली जनतालाई सगाउन काेरिया गएका थिए, त्यसमध्येका एक थिए माओका जेठा छाेरा माओ आनइङ । काेरिया युद्ध (सन् 1950-1953) मा ३० हजारभन्दा बढी चिनियाँ स्वयंसेवक अमेरिकी आक्रमणमा मारिए, त्यसमध्ये आनइङ पनि 1950 नाेभेम्बर 25 मा मारिएका थिए । छाेराे सहिद भएकाे खबर माओले बुहारीलाई सुनाए, त्यसबेला उनकाे काखमा सानाे बच्चा (माओकाे नाति) थियाे ।

माओकाे बुहारीले ‘अब जिउँदो पति देख्न नपाए पनि शवकाे अनुहार अन्तिम पटक हेर्ने इच्छा छ’ भनिन् । त्यसपछि माओेले बुहारीलाई भने, ‘तिम्रो पति मात्र हाेइन मारिएका अरू ३० हजार चिनियाँ याेद्दाहरु काेरियामा मारिएका छन् । ती सबैकाे शव चीन ल्याउनुपर्छ, जुन सम्भव नै छैन । त्यसकारणा हाम्रो छाराेकाे मात्र शव ल्याउन मिल्दैन । हाम्रो छाेराकाे मात्र शव ल्याउने र अरुकाे नल्याउने हाे भने जसजसका परिवारबाट काेरियामा सहिद भए उहाँहरुले हाम्राे पार्टी, आन्दोलन र नेतृत्वप्रति कहिल्यै विश्वास गर्दैनन् ।’ पति वियाेगमा परेकी माओकी बुहारीले माओकाे कुरामा चित्त बुझाइन किनकि उनी पनि एक याेद्दा थिईन ।

यसकारणा माओ, माओ बने । आजसम्म त्यसरी नै बाँचिरहेका छन् । आज पनि उनलाई सम्पूर्ण चिनियाँहरुले हृदय (चाकरी गर्न हाेइन) देखि सम्मान गर्छन । दैनिक ६५ हजार चिनियाँ युवाहरु माओकाे शाओशान गाउँकाे घर (संग्रहालय) अवलाेकन गर्छन् र हाम्रो महान् नेता भनेर गर्वले छाती चाैडा बनाउँछन् ।