जनता टाइम्स

२१ असार २०७९, मंगलवार १२:०५

बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ कारोबार ?


काठमाडौं, २१ असार । आज सुनको भाउ बढेको छ । हिजो तोलाको ९७ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा १ सय रुपैयाँले बढेर प्रतितोला ९७ हजार ६ सय रुपैयाँ पुगेको छ । आज तेजाबी सुनको भाउ पनि प्रतितोला १ सय रुपैयाँले नै बढेर तोलाको ९७ हजार १ सय रुपैयाँमा किनबेच भईरहेको छ ।

आज चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँले बढेर प्रतितोला १ हजार २०५ रुपैयाँ पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको मूल्य ८३ हजार ६७५ रुपैयाँ, प्रति १० ग्राम तेजाबी सुनको मूल्य ८३ हजार २४५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ३३ रुपैयाँ कायम गरेको छ ।