जनता टाइम्स

४ श्रावण २०७६, शनिबार १३:३१

‘स्कोप’ले कम शुल्कमा राम्रो युनिभर्सिटीमा विद्यार्थी पठाउँछ


 

२० वर्षदखि शिक्षण पेशामा आवद्ध बिक्रम केसी १५ वर्षदेखि विद्यार्थीलाई उच्च शिक्षाको लागि परामर्श दिनुहुन्छ । युरो अमेरिकन नाममा १४ वर्ष देखि विद्यार्थीलाई दिनुभएको केसी यसको नाम परिवर्तन गरी स्कोप स्टुडेन्ट सर्भिस मार्फत् स्वदेश तथा विदेशमा पढ्न चाहाने विद्यार्थीको लागि सल्लाह दिनु भएको छ । उहाँको मुख्य उदेश्य नै विद्यार्थीलाई कम शुल्कमा गुणस्तरीय अध्ययन कसरी गर्न सकिन्छ भन्ने रहेको बताउनुहुन्छ । विद्यार्थीलाई सहि जानकारी परामर्श दिने कन्सलटेन्सीको रूपमा परिचित स्कोप स्टुडेन्ट सर्भिसले विद्यार्थीलाई बाहिउच्च शिक्षाको अध्यायनको लागि जानेलाई मात्र होइन नेपाल भित्रको लागि पनि काउन्सिलिङ गर्छ । कन्लसटेन्सी व्यवसायका समसामयिक विषय स्कोप स्टुडेन्ट सर्भिस कस्तो संस्था हो भन्ने विषयमा डाइरेक्ट बिक्रम केसी संग बसन्त अर्यालले गरेको  कुराकानी:

कुन देश जाने विद्यार्थि धेरै छन् ?

अष्ट्रेलिया जाने विद्यार्थीको धेरै छन् । यद्यपी अमेरिका, न्युजिल्यान्ड जाने विद्यार्थीपनि छन् । अहिले बेलायत जान खोज्ने विद्यार्थी बढेको देखिन्छ ।

विद्यार्थीको रोजाईमा कस्ता विषय पर्ने गरेका छन् ? नेपालमै पढाइ हुने कि नयाँ ?

कतिपय विद्यार्थीले नयाँ विषय नै खोजेका हुन्छन् । नेपालमा पढाई नहुने विषयमा विदेशै पढ्न जाने विद्यार्थी त कम छन् । नेपालमा विज्ञान, इन्जिनियरिङ, शिक्षा, मानविकी, व्यवस्थापन नै हो । विदेशमा गएपनि यही विषय नै पढ्ने धेरै छन् । नेपालमा युनिक विषय खासै देखिँदैन, त्यसैले कतिपय विद्यार्थी बीआइटी, बीएमटी, बीएमटीसी लगाएत प्रविधिसँग सम्बन्धित विषय पढ्न जाने धेरै छन् । नेपालमा विज्ञान पढाई त हुन्छ तविज्ञान अन्तर्गतका फिजिक्स, क्यामेस्ट्री, बायोजोजी, बोटानी लागएत सामान्य विषय मात्र पढाइ हुन्छ । अहिले विश्वमा आएका नयाँ विषय अझै हामीकहाँ आएका छैनन् । त्यसैले यस्ता विषयको लागि केहि विद्यार्थी बाहिजान्छन् ।

वार्षिक कति विद्यार्थी विदेश पठाउनुहुन्छ ?

स्कोप स्टुडेन्ट सर्भिसबाट विदेश पढ्न जाने विद्यार्थी पनि धेरै हुनुहुन्छ । हाम्रोमा विषय गििरसर्च गर्न, पिएचडी गर्न विदेश जाने विद्यार्थी धेरै छन् । यस्ता विद्यार्थीसँग धेरै लिन शुल्क लिन मिल्दैन । सामान्य से समान्य चार्ज गर्ने हो । रिसर्च वा पिएचडी गर्न जाने युनिभर्सिटीले कुनै इन्सेन्टिभ पनि दिँदैन । पहिला भन्दा अहिले हाम्रो इन्स्टिच्युटबाट धेरै जान्छन्, वार्षिकरूपमा हेर्ने हो भने पनि । हाम्रोमा अहिले विद्यार्थी बढ्नुको कारण के पनि हो भने बाहिगएको विद्यार्थीले सिफारिस गर्छन् ।

कन्सल्टेन्सी त धेरै नै छन् विद्यार्थी स्कोपमा आउँदा के परामर्श वा सुविधा पाउँछन् ?

हामीले दिने भनेको शैक्षिक परामर्श हो । शैक्षिक परामर्शमा देश भित्रै थुप्रै युनिभर्सिटी छन् कुन विषय कहाँ पढाइहुन्छ भनेपनि हामी सल्लाह दिन्छौं । हामीले कलेज नेपालमै पनि कुन विषय कहाँ पढाइ हुन्छ, कस्तो वातावरण छ भन्ने थाहा हुँदैनथ्यो । त्यसैले हामीले नेपालमै पढ्न चाहने विद्यार्थीहरूको लागि परामर्श दिने गर्छाैं । शिक्षा मन्त्रालयमा करिब १८ सय शैक्षिक परामर्शदाता दर्ता भएका छन् वा कति दर्ता नभएको पनि छन् ती मध्येस्कोप स्टुडेन्ट सर्भिस के कुराले फरक छ भने म २० वर्ष शिक्षा क्षेत्रमा काम गरेआएको मान्छे हो । मैले धेरै वर्ष टिचिङ गरेरै बिताएँ । शुरुमा यो कम्पनी पार्टटाइमको रूपमा मात्र काम गरे । त्यो हिसाबले देश भित्र पढ्दा देश बाहिपढ्दा विद्यार्थीलाई के फरक पर्छ ? देशभित्र पढ्दा देश बाहिजाँदा विद्यार्थीले कस्ता कुरामा ध्यान दिनु पर्छ भन्ने कुरा अरू भन्दा मेरो अनुभवले काम गर्छ । म शिक्षाशास्त्रको विद्यार्थी करिकुलम भनेको के हो ? लर्निङ कसरी हुन्छ ? कस्तो खालको विषय कुन आधारमा छान्नुपर्छ ? मैले विद्यार्थीलाई यो आधारमा यो विषय राम्रो छ भनेपरामर्श दिन सक्छु । त्यो आधारमा पनि विद्यार्थीले सहि भन्दा सहि सल्लाह पाउने भए ।
त्यसबाहेक हामी नितान्त कन्सलटेन्ट । हाम्रो काम विद्यार्थीहरूलाई विभिन्न देशको बारेमा एउटा जानकारी कलेज, युनिभर्सिटी प्रोगाम छान्नको लागि सहयोग गर्ने हो । हामीले कहाँ गएके हुन्छ भन्ने जानकारी दिने मात्र हो, हामी नै सबै काम गर्दिने होइन । कन्सलटेन्सीले अरू गर्ने पनि होइन, सुझाव, सिफरिस जानकारी दिने मात्रै हो । म के कुरामा स्पष्ट छु भने डोकुमेन्ट कन्सलटेन्सीले बनाउने होइन डकुमेन्ट बनाउन केके चाहिन्छ हामीले जानकारी दिन्छौं । कहाँबाट बनाउने त्यो जानकारी दिन्छौं ।

तपाईले धेरै विद्यार्थीलाई बाहिपठइसक्नु भएको छ । स्कोपबाट गएका विद्यार्थीको कस्तो छ प्रतिक्रिया ?

विद्यार्थीमा कस्तो छ भने स्कोपले जस्तो पायो त्यस्तो विद्यार्थी लिँदैन है भन्ने छ । अनलाइनबाट कमेन्ट गर्ने विद्यार्थीले पनि सही जानकारी दिन्छ भन्ने गरेका छन् । हाम्रो जतिपनि विदेशी कलेजसँग टाइअप छ, ती सबै फरक नै छन् । विद्यार्थीले त्यो मन पराएका छन् । अष्ट्रेलिया पठाउने अन्य कन्सलटेन्सी भन्दा हामी फरक कलेज छानेका छौं । जहाँ कम शुल्कमा गुणस्तरीय पढाइ हुन्छ । हामीले अष्ट्रेलिया ६ हजाडलरमा गुणस्तरीय डिग्री दिने कलेमा पठाउँछौं । जो विद्यार्थी अष्ट्रेलिया गएदुईवर्षको डिग्री लिएनेपालमा केही गर्छु भन्छ त्यस्ता विद्यार्थीको लागि उपयुक्त हो । अहिले विद्यार्थी महंगो शुल्क तिरेकोर्ष गर्न गएका छन् । सस्तोमा पनि राम्रो डिग्री पाउन सकिन्छ भन्ने हाम्रो कुरा विद्यार्थीलाई राम्रो लागेको छ ।
यतिमात्र होइन हामीले विद्यार्थीले विदेशमा पुगेपछि उसले गर्नुपर्ने काम, परिवालैजान पर्यो भने कसरी लैजाने त्यसको प्रकियाको बारेमा हामीले सहयोग गरेका छौं । त्यसैले यहाँबाट गएका विद्यार्थीले अरूलाई रिकमेन्ड गर्छन् ।

कन्सलटेन्सीले बाहिरजानको लागि ठूला सपना देखाउछन् तर त्यहाँ त्यो वातावरण नहुँदा विद्यार्थीमा फ्रस्ट्रेसन वा दुःख पाएका छन् नि ?

हामी कहिल्यै पनि विद्यार्थीलाई मिस गाइड वा मिस इन्फरमेशन दिँदैनौं । हाम्रो भनाई नै के हो भने विदेशमा पढ अनि नेपाल फर्क केही गर । विद्यार्थी बाहिजाँदा कहाँ कुन युनिभर्सिटी छ । शुल्क कति छ ? कुन ग्रेडको हो ? हामी विद्यार्थीलाई यो कलेजमा पढ भनेएडमिशन काउन्सेलिङ गर्दैनौं । हामी करियकाउन्सेलिङ गछौं । करियकाउन्सेलिङ भनेको यो कलेजमा यस्तो प्रोगाम छ, अर्कोमा यो छ भनेविद्यार्थीलाई अनलाइनमा रिसर्च गराउन पठाउँछौं । लोकेशन, ट्युसन फि, ग्रेड, प्रोगामभित्रको कन्टेन्ट, त्यसको आउटकम्सले भविष्यको सपना मिल्छ कि मिल्दैन ? यी कुराको रिसर्च गरेआउनु अनि हामीले तपाईलाई बल्ल थप काउन्सिलिङ गर्छौं भन्छौं । अष्ट्रेलियामा, साइपर्समा विद्यार्थीहरूलाई समस्या आएपनि हामीले पठाएको विद्यार्थीलाई कुनै समस्या आएको छैन । सबै विद्यार्थी खुसी छन् ।