जनता टाइम्स

२४ असार २०७९, शुक्रबार १३:१४

बलात्कार अभियोगमा एकीकृत समाजवादीका युवा नेता पक्राउ


काठमाडौं, असार २४ । आफूलाई नेकपा एकीकृत समाजवादी निकट युवा संगठनको नेता टिकाराम नेपाली पक्राउ परेका छन् । ठमेलस्थित एक होटलमा महिलालाई बलात्कार गरेको घटनामा उनलाई महानगरीय प्रहरी बृत्त सोह्रखुट्टेले पक्राउ गरेको हो ।

धादिङ निलकण्ठ नगरपालिका–१४ घर भई हाल काठमाडौं सामाखुसी बस्ने ३२ वर्षीय नेपालीले काठमाडौं महानगरपालिका–२६ ठमेलस्थित एक होटलमा नेपालीले ती महिलालाई बलात्कार गरेको प्रहरीले जनाएको छ । उक्त खबर प्राप्त हुनासाथ प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार नेपालीलाई बिहीवार पक्राउ गरी प्रहरी हिरासतमा राखिएको छ । नेपालीलाई छुटाउन समाजवादी पार्टीका उच्च नेताहरुले दबाव दिए पनि प्रहरीले बलात्कार अभियोगमा कसैको दवाव मान्न नसकिने जवाफ फर्काउने गरको छ ।