जनता टाइम्स

२६ असार २०७९, आईतवार १२:३२

सिटिजन्स बैंकका संस्थापकले २४ हजार २४३ कित्ता सेयर बिक्री गर्दै


काठमाडौं, २६ असार । सिटिजन्स बैंकका एक जना संस्थापक सेयरधनीले आफ्नो स्वामित्वमा रहेको सेयर बिक्री खुला गर्नुभएको छ । संस्थापक सेयरधनी यमबहादुर खत्रीले आफ्नो नाममा रहेको २६ हजार २४३ कित्ता सेयर बिक्री खुला गर्नुभएको हो ।

यसमा, सिटिजन्सकै संस्थापक सेयरधनीले न्यूतम १४३ रुपैयाँलाई आधार मानेर आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न इच्छुक संस्थापकले ३५ दिनभित्र सिटिजन्स बैंकको प्रधान कार्यालय नारायणहिटी पथ काठमाडौंमा निवेदन दिनुपर्नेछ ।

यस अवधिमा कुनै पनि संस्थापकबाट आवेदन नपरेमा भने सर्वसाधारण लगानीकर्तालाई बिक्री खुला गरिने बैंकले जनाएको छ ।