जनता टाइम्स

२८ असार २०७९, मंगलवार १२:४६

उत्तरवाहिनी घुम्न हिँडेका थिए कमला नदीमा शव भेटिएका मामा–भान्जा


सिरहा, २८ असार । सिरहाको कमला नदीमा फेला परेको शव मामा(भान्जाको भएको र उनीहरू उत्तरवाहिनी घुम्न हिँडेको खुलेको छ । आइतबार अपरान्ह् घरबाट सिरहा र धनुषाको बीच सीमामा पर्ने धार्मिकस्थल उत्तरवाहिनी घुम्न निस्केका कर्जन्हा नगरपालिका–१ बन्दीपुरका १७ वर्षीय मोहम्द अलि र भारतको बिहार राज्य घर भएका १९ वर्षीय जफर शेखको शव सोमबार कमला नदीमा फेला परेको हो ।

बकरइदको पहिलो दिन हिजो घरमा खानपिन गरेर ज९प ६१९४ नम्बरको बुलेट मोटरसाइकल लिएर घुम्न भनी कर्जन्हा नपा–१ कै उत्तरवाहिनी गएका उनीहरू राति अवेरसम्म नफर्केपछि प्रहरीलाई खवर गरेरको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डीएसपी सुवास बुढाथोकीले जानकारी दिनुभयो ।

प्रहरी र आफन्त मिलेर रातभर खोजे पनि उनीहरूको शव सोमबार बिहानमात्र फेला परेको उहाँले बताउनुभयो । कमला नदीमा नुहाउन गएका उनीहरू डुवेर मृत्यु भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।