जनता टाइम्स

२८ असार २०७९, मंगलवार १२:५३

हिमालयन हाइड्रोको आईपिओ बाँडफाँड, १७ सय ५८ जनाको आवेदन रद्द


काठमाडौं, २८ असार । हिमालयन हाइड्रोपावर लिमिटेडले निष्काशन गरेको आईपिओ बाँडफाँड भएको छ । बिक्रि प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले आज बिहान शेयर बाँडफाँड गरेको हो । कम्पनीले असार १५ देखि असार १९ गतेसम्म सर्बसाधारणलाई आईपिओ निष्काशन गरेको थियो । कम्पनीले सर्वसाधारणलाई १९ लाख ६८ हजार २ सय ५० कित्ता शेयर निष्काशन गरेको हो ।

जसमध्ये ९८ हजार ४ सय १३ कित्ता सामुहिक लगानी कोषको लागि छुट्याईएको थियो भने ३९ हजार ३ सय ६५ कित्ता शेयर कम्पनीका कर्मचारीको लागि छुट्याईएको थियो । बाँकि रहेको १८ लाख ३० हजार ४ सय ७२ कित्ताको लागि सर्बसाधारणले आवेदन दिएका हुन् ।

कम्पनीले स्थानीयलाई शेयर निष्काशन गर्दा बिक्रि नभएको ६ लाख १८ हजार २ सय ५० कित्ता शेयर पनि सर्बसाधारणलाई निष्काशन गरेको थियो । क्यापिटलका अनुसार आईपिओमा कुल १५ लाख ९५ हजार ५ सय ५४ जनाले आवेदन दिएका छन् । जसमध्ये १ हजार ७ सय ५८ जनाको आवेदन रद्द भएको छ ।

योग्य रहेका १५ लाख ९३ हजार ७ सय ९६ जना आवेदकलाई गोलाप्रथामा सहभागी गराई शेयर बाँडफाँड गरिएको छ । जसअनुसार १ लाख ८३ हजार ४७ जनाले शेयर पाएका छन् । २ जनाले ११ कित्ता शेयर पाएका छन् भने अन्यले १० कित्ता शेयर पाएका छन् । कम्पनीले कास्कीमा ११.८८ मेगावाटको नामर्जुन मादी आयोजना निर्माण सम्पन्न गरि विजुली उत्पादन गरिरहेको छ ।