जनता टाइम्स

२८ असार २०७९, मंगलवार १७:१०

पुँजी बजारमा सामान्य सुधार


काठमाडौं,२८ असार । आज पुँजी बजारमा सामान्य सुधार देखिएको छ । नेप्से ११.६८ अंकले बढेर १९२७.२८ विन्दुमा आएको छ । तीन दिन लगातार दबाब खेपेको बजारले आज भने सकारात्मक संकेत दिएको हो । विगत ११ महिनादेखि समग्रमा बजार डाउन ट्रेन्डमा छ ।

करिब ३२ सय हाराहारीमा पुगेपछि बजारले ओरालो यात्रा समाएको हो । यसबीचमा नेप्से कहिलेकाहीँ बढे पनि औसतमा तलै झर्ने प्रवृत्तिमा देखियो । बजारले करिब १८ खर्ब रुपैयाँ बजार पुँजीकरण गुमायो । सेयर भाउहरू ७०५ सम्म घट्यो । ५२ साताको औसत मूल्यभन्दा पनि भाउ तल आइसकेको छ ।

यतिबेला सेयर बजार मौद्रिक नीतिको पर्खाइमा छ । नयाँ नीतिबाट सेयर धितो कर्जामा ४–१२ करोडको सीमा हटेमा बजारले गति लिन सक्ने अनुमान गरिएको छ । यस्तै, बजारको दिगो सुधारका लागि वित्तीय प्रणालीमा पर्याप्त तरलता र ब्याजदर सस्तो हुनुपर्छ ।