काठमाडौं, ३० असार । ललितपुरमा गएराति भएको दुर्घटनामा एक जनाको ज्यान गएको छ । गएराति पौने १ बजे ललितपुरको हात्तीवनमा रोकिराखेको ट्रकमा ठोक्किँदा स्कुटर चालकको ज्यान गएको हो ।
वाग्मती प्रदेश ०२–००७ प ८६३८ नम्बरको स्कुटर रोकिराखेको वाग्मती प्रदेश ०१–००५ ख ९४७५ नम्बरको ट्रकमा ठोक्किँदा चालक गोदावरी नगरपालिका–५ का २० वर्षका सुरेश मोक्तानको ज्यान गएको हो ।













प्रतिक्रिया दिनुहोस्