मुगु, ३० असार । मुगुमा कुखुरा बोकेको बोलेरो जीप दुर्घटनामा परेको छ । आज दिउँसो साढे दुई बजेतिर छायानाथ रारा नगरपालिका–४ रारा विमानस्थल नजिकैको हिलाम्ये सडकमा जीप दुर्घटनामा परेको हो ।
जीपमा पाँच सय ६७ वटा कुखुरा थिए ।
त्यसमध्ये चार सय ५० वटा कुखुरा मरेको जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायब उपरीक्षक सुवास हमालले बताउनुभयो । नेपालगञ्जबाट मुगुको लागि ब्रोइलर कुखुरा लिएर आएको जीप सडकमा अचानक पल्टेको थियो ।













प्रतिक्रिया दिनुहोस्