जनता टाइम्स

३१ असार २०७९, शुक्रबार ०७:५६

यस्तो संवेदनशील घटनामा अर्थमन्त्रीबाट जनार्दनको राजीनामा मात्रै पर्याप्त हुन्न : शेखर कोइराला


जनकपुर, असार ३१ । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले अगामी निर्वाचनमा हतारमा दलीय गठबन्धन नगर्न नेतृत्वलाई आग्रह गर्नुभएको छ ।

जनकपुरधामस्थित पार्टी कार्यालयमा आयोजित भेटघाट कार्यक्रममा नेता कोइरालाले स्थानीय तह र प्रतिनिधि सभाको निर्वाचन फरक रहेकोले दुरगामी सोचका साथ गठबन्धन गर्नुपर्ने बताउनु भयो । अधिकांश कांग्रेसी गठबन्धनको पक्षमा नरहेको दावी गर्दै उहाँले भन्नुभयो, ‘मधेसका जिल्लाका सभापतिहरू समेत गठबन्धनको पक्षमा छैनन् । तर गठबन्धन नै गर्नुपर्ने अवस्था आए भने न्यूनतम सिट दिएर मात्रै गठबन्धन गर्नुपर्छ ।’

उहाँले गठबन्धनका न्यूनतम मापदण्ड पूरा गरेर कांग्रेसले अगाडि बढ्नुपर्ने बताउनु भयो । कोइरालाले अर्थमन्त्री जनार्दन शर्माको राजीनामाले मुलुकको राजनीतिमा गडबडी ल्याएको बताउनु भयो । यस्तो संवेदनशील घटनामा अर्थमन्त्रीको राजीनामा मात्रै पर्याप्त हुन नसक्ने उहाँको भनाई छ ।