जनता टाइम्स

३१ असार २०७९, शुक्रबार १२:००

शंखमूलमा राइझुमा लाउन्ज


काठमाडौं, ३१ असार । काठमाडौंको शंखमुलमा राइझुमा लाउन्ज सञ्चालनमा आएको छ । हिजोबाट राइझुमा लाउन्ज सञ्चालनमा आएको हो । राइझुमा लाउन्जको उद्घाटन देउडा गायक यज्ञराज उपाध्यायले गर्नुभएको हो । राइझुमा बोलको चर्चित देउडा गीत उहाँ उपाध्यायले गाउनुभएको हो ।

‘राइझुमा निकै प्रिय गीत हो । यो देश विदेशमा नै निकै चर्चित छ । यो शब्द पनि निकै प्रिय छ । त्यसैले हामीले लञ्चको नाम राइझुवा राखेका हौं,’ राइझुमा लाउञ्जका सञ्चालक केशव चन्दले भन्नुभयो, ‘झनै यसको उद्‍घाटन राइझुमाकै श्रष्टाबाट गराउन पाउँदा हामी निकै खुसी छौं।’

उहाँले लाउन्जमा सातामा एकपटक सुदूरपश्चिमका साथै नेपाली संस्कृति झल्किने खालका सांगितिक प्रस्तुतिहरू प्रस्तुत गरिनेसमेत बताउनुभयो । खानामा पनि अर्गानिकतामा जोड दिने चन्दको भनाइ छ । प्राज्ञ उपाध्यायले ०४१ सालमा सार्वजनिक भएको आफ्नो चर्चित गीतका नामबाट लाउन्ज सञ्चालन गरेकोमा खुसी व्यक्त गर्नुभयो । उहाँले गीतझैँ लाउन्जले पनि सबैको मन जित्दै जाओस् भन्दै शुभकामनासमेत दिनुभयो ।

चैतन्य एकेडेमीका सिइओ गणेश जोशीले राइझुमा लाउन्जको सफलताको शुभकामना दिनुभयो । उहाँले राइझुमाले नाम जस्तै अर्गानिक सेवा पस्किने कुरामा ध्यान दिनेमा आफू विश्वस्त रहेको बताउनुभयो । कार्यक्रममा चर्चित लोक देउडा गायिका गौरी भट्ट, पर्यटन व्यवासयी अमरबहादुर शाही, शिक्षासेवी उदयप्रताप सिंहलगायतको सहभागिता थियो ।