जनता टाइम्स

३१ असार २०७९, शुक्रबार १६:२८

महिलालाई सामूहिक बलात्कार गरेको आरोपमा दुई बालक पक्राउ


बारा, ३१ असार । महिलालाई सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले दुईजना बालकलाई पक्राउ गरेको छ । बाराको आदर्श कोतवाल गाउँपालिका–१ स्थित आफ्नै गोठघरमा सुतिरहेकी ५६ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा १५ वर्षीय र १७ वर्षीय किशोर छन् । २५ असारमा गोठघरमा एक्लै सुतिरहेकी महिलामाथि दुबैले बलत्कार गरेको प्रहरीले जनाएको छ । पक्राउ परेकालाई जबर्जस्ती करणीसम्बन्धी कसुरमा जिल्ला अदालतबाट म्याद थप गरी निगरानी कक्षमा राखिएको बारा प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिनुभयो ।