काठमाडौं, असार ३२ । सत्तारुढ पाँच दलीय गठबन्धनका एक जना शीर्ष नेता उपेन्द्र यादवले भारतले नै एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार ढालेको खुलासा गर्नुभएको छ ।
नेपाल चीन मैत्री समाजले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा जनता समाजवादी पार्टीका अध्यक्ष यादवले केपी ओलीलाई सत्ताबाट हटाउन विदेशी शक्तिको पनि साथ रहेको खुलासा गर्नुभएको हो ।
पूर्वउपप्रधानमन्त्रीसमेत रहेका यादवले भूराजनीतिले ओलीलाई पूर्वप्रधानमन्त्री बनाइदिएको भन्दै भारतले हटाएको तथ्य खोल्नुभएको हो । ‘हाम्रोमा भूराजनीतिको प्रभाव छ र राजनीतिक अस्थिरताको कारण पनि त्यही हो ।
पूर्वप्रधानमन्त्री केपी ओलीजी यहाँ हुनुहुन्छ । म पनि उहाँको क्याबिनेटमा उपप्रधानमन्त्री थिएँ । म पूर्व भएको केही समयपछि उहाँ पनि पूर्व हुनुभएछ । यसमा भूराजनीतिक प्रभाव पनि छ,’ यादवले भन्नुभयो ।
यादवको यो भनाईले भारतले नै सर्वाेच्च अदालतलाई समेत प्रभावमा पारी परमादेशबाट ओली सरकार हटाएर प्रधानमन्त्री शेरबहादुर देउवालाई बनाउन परमादेश जारी गर्नुका साथै पाँच दलीय गठबन्धन बनाइ दिएको पुष्टि भएको छ ।
प्रतिक्रिया दिनुहोस्