काठमाडौं, ३ साउन । आज पनि सेयर बजारमा दोस्रो अंकको सुधार देखिएको छ । आज नेप्से १६.२० अंकले बढेर बजार २०४५.६३ बिन्दुमा पुगेको छ। दुई अर्ब २९ करोड रुपैयाँको कारोबार भएको छ । यो साता पहिलो कारोबारमा आइतबार १।९३ अंकले बढेको सेयर बजारमा सोमबार १८.०३ अंकको वृद्धि देखिएको थियो । त्यसअघि गएको साताको अन्तिम चार दिनको कारोबारमा ९३.८६ अंकको वृद्धि देखिएको थियो।
यसरी पछिल्लो सात दिनको कारोबारमा बजारमा १३०।०२ अंकको वृद्धि देखिएको छ । गएको साताको पहिलो कारोबारमा सोमबार ७७.०१ अंकको गिरावट आएको बजारमा त्यसपछिका चार कारोबारमा हरियाली देखिएको थियो । आज उतारचढावका बीच ११.६८ अंकले बढेको बजार बुधबार ५९.५४ अंकले, बिहीबार १४.७१ अंकले र शुक्रबार ७.९३ अंकले बढेको थियो ।
बजारमा लगानीकर्ताका लागि विश्वासयोग्य वातावरण नबन्दा बजारले थामिने बिन्दु भेट्न मुस्किल भइरहँदा लगातार हरियाली देखिएको छ। अहिले संगठित लगानीकर्ताहरूले सामाजिक सञ्जालदेखि अन्यत्र पनि आउने मौद्रिक नीतिमार्फत ४÷१२ को सीमा हट्ने हल्ला गरिरहेका छन् । जसको प्रभाव बजारमा देखिएको छ । राष्ट्र बैंकले सेयर कर्जाको विषयमा परिवर्तनको संकेत भने गरेको छैन ।













प्रतिक्रिया दिनुहोस्