जनता टाइम्स

६ श्रावण २०७६, सोमबार १३:४९

एनआईसी एशियाको ४४ लाख कित्ता ऋणपत्र बिक्री खुल्ला


काठमाडौं, साउन ६ । एनआईसी एशिया बैंक लिमिटेडले साउन ६ गते सोमबारदेखि अर्थात आजदेखि ४ अर्ब ४० करोड रुपैयाँ बराबरको को ऋणपत्र जारी गरेको छ।

बैंकले सात वर्ष अवधिका लागि वार्षिक १०.२५ प्रतिशत व्याजदरमा प्रति कित्ता १,००० को दरले ४४ लाख कित्ता ऋणपत्र जारी गरेको हो। बैंकले उक्त ऋणपत्रको व्याज अर्धवार्षिक रुपमा भुक्तानी गर्ने जनाएको छ। उक्त ऋणपत्र बिक्री प्रबन्धकको काम सानिमा क्यापिटल लिमिटेडले गरेको छ।

बैंकले तेस्रोपटक ४४ लाख कित्ता ऋणपत्र जारी गरेको हो । कुल ४४ लाख कित्तामध्ये १७ लाख ६० हजार कित्ता सर्वसाधारणको लागि र २६ लाख ४० हजार कित्ता व्यक्तिगत सघं संस्थालाई बिक्री गर्ने बैंकले जनाएको हो।

साउन ६ गतेदेखि खुल्ला भएको यस ऋणपत्रमा लगानीकर्ताले छिटोमा साउन ९ गते तथा ढिलोमा भदौ ३ गतेसम्म आवेदन दिन सकिने बैंकले जनाएको छ।